जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन्- जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन « Khabarhub

जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन्- जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डा. सीके राउत नेतृत्वको जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् ।

जनमतकी समानुपातिक सांसद गुरुङले प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरलाई राजीनामा पत्र पठाएकी हुन् ।

जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नरहेको निष्कर्षसहित सांसद पदबाट राजीनामा दिएको विवरण गुरुङले पत्रमा उल्लेख गरेकी छन् ।

‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन’, उनले भनेकी छन्, ‘तसर्थ, आजैका मितिबाट पदमुक्त हुन राजीनामा पेश गर्दछु ।’

जनमत पार्टीले पनि सांसद गुरुङको राजीनामा स्वीकृत गरिदिन सभामुखलाई अनुरोध गरिसकेको छ । उनले राजीनामा दिएपछि अब जनमतबाट समानुपातिक सूचीका अर्का उम्मेदवारले अवसर पाउनेछन् ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १२ : ३८ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो