औँसा नियन्त्रण गर्न १३ हजार सुन्तलाका बोटमा प्रोटिन वेट | Khabarhub Khabarhub

औँसा नियन्त्रण गर्न १३ हजार सुन्तलाका बोटमा प्रोटिन वेट


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बागलुङ– जिल्लाको काठेखोला गाउँपालिका–६ तल्लो बिहुँका १३ हजार सुन्तलाका बोटमा प्रोटिन वेट छर्ने काम सुरु भएको छ ।

काठेखोला गाउँपालिका, हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, विवाइसी बागलुङको व्यवस्थापनमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजनाअन्तर्गत हेफर प्रोजेक्ट नेपालको १० लाख रुपैयाँ अनुदान सहयोग तथा स्थानीय कृषकको ५० प्रतिशत लागत साझेदारीमा तल्लो बिहुँमा रहेका १३ हजार फल दिने सुन्तलाका बोटमा लाग्ने औँसा किरा नियन्त्रण गर्न बोटमा प्रोटिन वेट औषधि छर्ने काम सुरु भएको हो ।

किसानको बगैँचामा पुगेका गण्डकी प्रदेश कृषि मन्त्रालयका वरिष्ठ कृषि तथा बाली संरक्षण अधिकृत शालिकराम अधिकारीले औँसा किराका साथै सुन्तलामा देखिने विभिन्न प्रकारका रोगहरुकाबारेमा दुई दिनसम्म कृषकलाई सहजीकरण गरे । दश दिनको फरकमा १० हप्तासम्म प्रतिबोट ५० मिलीलिटर प्रोटिन वेट छर्दा सुन्तलालाई औँसा किराको प्रकोपबाट जोगाउन सकिने अधिकारीको भनाइ छ । तीन वटा बोटमध्ये एक बोटमा प्रोटिन वेट छर्न अधिकारीको सुझाव छ ।

स्थलगत कार्यक्रमले प्रभावकारी काम देखिने र किसानलाई हौसला पनि मिल्ने काठेखोलाका अध्यक्ष राजु थापाले बताए । हेफर इन्टरनेशनल प्रोजेक्ट नेपालका कार्यक्रम व्यवस्थापक डा. प्रदीप अधिकारीले हेफरले गर्ने सहयोग निम्न वर्गका किसानसम्म पुग्नसकेमा व्यावसायिक किसान उत्पादन गर्न सकिने धारणा व्यक्त गरे ।

गत वर्ष औँसा किरा र सुन्तलाको जरा कुहिने समस्याले बागलुङमा सुन्तला उत्पादन घटेको थियो । सुन्तला गाउँले परिचित सिँगानामा सुन्तला उत्पादन वृद्धि भए पनि औँसाको प्रकोपले बिहुँ, सर्कुवामा सुन्तला उत्पादन घटेको थियो । गएको वर्ष बागलुङमा २० करोड रुपैयाँको सुन्तला उत्पादन भएको थियो । करिब ३४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट तीन हजार ९२० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । बागलुङको बिहुँ, सिँगाना, सर्कुवा, बिनामारे, हरिचौर, वीरकोट, भकुण्डे र तित्याङ सुन्तलाका पकेट क्षेत्र हुन् ।

वडाध्यक्ष बृहस्पति कँडेलले आफ्नो वडामा अभियानकै रुपमा प्रोटिन वेट छर्ने कार्यक्रम सञ्चालन गर्दै सुन्तला बगानको थप व्यवस्थापन गरी आर्थिक समृद्धमा पुग्न स्रोतको पहिचान गरिने बताए ।

– रासस

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ४ : ५३ बजे

सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी– रूपनी गाउँपालिका-६ भटिनिया टोल बस्ने ३५ वर्षीय ध्रुव कुमार भगतको

अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ

चितवन– खैरहनी नगरपालिका-९ स्थित खुरखुरे चोकबाट अवैध लागूऔषध गाँजा करिब ५

‘करिब चार लाख ५० हजार अफगानी इरानबाट स्वदेश फिर्ता’

एजेनसी – इरानले आवश्यक कागजात नभएका व्यक्तिहरूलाई जुलाई ६ सम्म

रविका नाममा रास्वपाको हस्ताक्षर अभियानबारे सूर्य थापाले भने- राजनीतिक प्रोपोगाण्डाले अदालतको आदेश फेरिँदैन

काठमाडौं- नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षत्रीले सहकारीको बचत

पूर्वप्रधानमन्त्री हसिनाविरुद्धको हत्या मुद्दा खारेज गर्न माग

ढाका– बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधमा लगाइएको अभियोग खारेज