वैदेशिक रोजगार विभाग भन्छ- कानुनविपरीत रोजगारसम्बन्धी काम गर्नेलाई कारबाही गर्छौँ « Khabarhub

वैदेशिक रोजगार विभाग भन्छ- कानुनविपरीत रोजगारसम्बन्धी काम गर्नेलाई कारबाही गर्छौँ


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसम्बन्धी कार्य गर्ने ट्राभल टिकेटिङ्ग एजेन्ट, शैक्षिक परामर्श केन्द्रलगायतलाई कारबाहीको दायरामा ल्याउन अनुगमनलाई तीव्रता दिने जनाएको छ । 

विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले वैदेशिक रोजगारसम्बन्धी उजुरी र गुनासोको तत्काल सम्बोधन गर्ने तयारी भइरहेको जानकारी दिए । 

वैदेशिक रोजगार व्यवसायीबाहेक अन्य संस्था वा व्यक्तिले वैदेशिक रोजगारसम्बन्धी विज्ञापन गरेको विषय, राहदानी सङ्कलन गर्ने र रोजगारमा पठाइदिने भनी रकम लिएको सम्बन्धमा प्राप्त उजुरीमाथि तत्काल अनुगमन गरी कारबाही अघि बढाइने बताए । 

आफ्नो कार्य अवधिको कार्य विवरण तथा विभागका आगामी योजनाबारे जानकारी दिँदै महानिर्देशक भट्टराईले वैदेशिक रोजगारीसम्बन्धी ठगी, राहत उद्धार, अनुगमन र नियमनलाई थप प्रभावकारी बनाउन योजनाबद्ध रूपमा कदम चालिने बताए । ‘कानुन विपरीत वैदेशिक रोजगारसम्बन्धी कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौँ’, उनले भने । 

उनका अनुसार उपत्यकाभित्रका इजाजतपत्र प्राप्त संस्थाको अनुगमनलाई थप व्यवस्थित बनाउन अनुगमन स्वीकृतिको ढाँचा तर्जुमा गरिनेछ । उजुरीको संवेदनशीलताका आधारमा आकस्मिक रूपमा अनुगमन टोली परिचालन गरिने उनले उल्लेख गरे । 

विभागद्वारा सम्पादन गरिने सेवा प्रवाहलाई सरल र सहज बनाउन आफ्नो योजनाबारे कार्यक्रममा महानिर्देशक भट्टराईले जानकारी दिए । 

‘नागरिक एपमा स्वीकृतिको स्टिकर र वैदेशिक रोजगारीका विज्ञापन मात्र देखिने अवस्था रहेको हुँदा यस प्रणालीलाई नागरिक एप तथा राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने विभागको योजना छ । यसबाट सेवाग्राहीले पटकैपिच्छे आफ्नो विवरण भरिरहनुपर्ने बाध्यता अन्त्य हुने विभागको विश्वास छ’, उनले भने ।

महानिर्देशक भट्टराईले श्रम स्वीकृतिको सेवा प्रवाहलाई ‘वर्क परमिट अन द सेम डे’ को मान्यताअनुसार अनलाइन फारम भरेको दिन स्वीकृत गर्न विभाग प्रतिबद्ध रहेको बताए । ताहाचलस्थित विभागले श्रम स्वीकृति, नीतिगत, नियमनकारी, प्रवर्द्धनात्मक तथा अनुसन्धानात्मक र उद्धार तथा राहत समन्वयसम्बन्धी कार्य गर्दै आएको छ ।
 

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ६ : ०३ बजे

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार