रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश « Khabarhub

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको इजलासमा मुद्दाको सुनवाइ सकिएपछि यस्तो आदेश भएको उपरजिष्ट्रार निराजन पाण्डेले बताएका छन् ।

मिश्रलाई रिहा माग गर्दै पत्नी सारिकाले हालेको बन्दी प्रत्यक्षीकरण मुद्दामाथि सर्वोच्च अदालतमा बहस सकिएपछि आएको आदेशअनुसार हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका उनी रिहा हुनेछन् ।

यो मुद्दामा मिश्रको पक्षबाट सतीशकृष्ण खरेल, गोविन्द्र बन्दी र डा. भीमार्जुन आचार्यसहितले बसह गरेका थिए । सबै कानुन व्यवसायीले मिश्रलाई बाहिरै राखेर अनुसन्धानको माग गरेका थिए । चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनपछि पक्राउ परेका मिश्र हिरासतमा बसेको ५० दिन हुन लाग्दा रिहा हुने भएका हुन्।

बसहका क्रममा मिश्रले आफूमाथि राज्य लागेको बताएका थिए । उनले जानाजान आफूलाई हिरासतमा राखेको राख्यै गर्न खोजिएको गुनासो उनले गरेका थिए ।

मिश्रले आफ्नो सबै चिज प्रहरीसँग रहेको बताउँदै थुनिरहनु पर्ने कारण नै नभएको जिकिर गरेका थिए । ‘मेरो मोबाइल फोन प्रहरीसँगै छ । मेरो बैंक खाता पनि रोक्का छ। सबै सूचना पनि फेसबुकबाट मगाउनु भएकै छ । मैले अझैसम्म कति हिरासतमा राख्ने ? अब मेरो छाती चिरेर मुटु हेर्ने हो ? अझै के के हेर्नुहुन्छ ? म भागेर कहीँ जान्छु ?’, उनले भनेका थिए, ‘आजका दिनसम्म म स्वाभिमानसाथ हिँडेको मान्छे हो । मैले देशको कानुन मानिरहेको छु, कहिले तोडेको छैन । अहिले पनि मानिरहेको छु ।’

मिश्रले न्यायाधीशसामु आमाकोसमेत कसम खान भ्याए । ‘मेरी ८२ वर्षीया बिरामी आमाको नाममा कसम खान तयार छु । मैले राज्यविरुद्ध कसुरजन्य, संगठित अपराधजन्य र आपराधिक उपद्रवजन्य कहिले गरेको छैन । यदि छ भने प्रमाणित गर्नु भए हुन्छ’, उनले भनेका थिए ।

यस मुद्दामा महान्यायाधिवक्ता रमेश बडालले रिट प्रथम दृष्टिमै खारेज भागी रहेको बताएका थिए । ‘सर्वोच्च अदालतको आदेशअनुसार महान्याायधिवक्ताको कार्यालयको लिखित जवाफमा कानुनबमोजिम म्याद थपको अनुमति लिई साधिकार निकायबाट भएको आदेशबमोजिम हिरासतमा राखी मुद्दाको अनुसन्धान भइरहेको छ। अनुसन्धानको सिलसिलामा न्यायिक हिरासतमा रहेका प्रतिवादीको थुना गैरकानुनी भन्न मिल्दैन’, बडालले भनेका थिए ।

महान्यायाधिवक्ता रमेश बडालले बुझाएको लिखित जवाफमा थुनामा राखेर वा बाहिर राखेर अनुसन्धान गर्ने भन्ने निर्णय गर्ने अधिकार उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतलाई मात्रै रहेको उल्लेख थियो ।

यस सम्बन्धमा सर्वोच्चले हस्तक्षेप गर्न नमिल्ने महान्यायाधिवक्ता बडालको जिकिर गरेका थिए ।

‘कानूनले अनुसन्धानको सिलसिलामा थुनामा राखी अनुसन्धान गर्ने वा थुनामा नराखी अनुसन्धान गर्ने विषयमा निर्णय गर्ने अधिकार प्रस्तुत विषयमा काठमाडौं जिल्ला अदालतलाई मात्र हुन्छ। यसमा सर्वोच्च अदालतबाट हस्तक्षेप गर्न मिल्दैन,’ महान्यायाधिवक्ताले भनेका थिए ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा काठमाडौं जिल्ला अदालतबाट आठौँ पटकसम्म म्याद थपको अनुमति दिई मिश्रलगायतलाई हिरासतमा राखिएको थियो ।

गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा नवराज सुवेदी र दुर्गा प्रसाईंसहितका राजावादी समूहले गरेको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनले ज्यान गुमाएका थिए ।

उक्त घटना भएको साँझ मिश्रलाई भिड उक्साएर हिंसा भड्काउन भूमिका खेलेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले मिश्रमाथि राज्यद्रोह, संगठित अपराध, र आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरिरहेको थियो ।

उनीविरुद्ध पछिल्लो पटक मंगलबारसहित आठौँ पटक म्याद लिइएको थियो । उनी ४९ दिनदेखि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । अब उनी प्रक्रिया पूरा गरेर आजै छुटन् सक्नेछन् ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ६ : ३२ बजे

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ : सभापति थापा

सुदूरपश्चिम– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो

‘थेम्सको लहरमा तमोरको स्पर्श’ कविता सङ्ग्रह विमोचन

पाटन– बेलायतमा बसोबास गर्दै आएकी स्रष्टा शान्ति लिम्बूद्वारा रचित कविता

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज–  बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या : प्रदेश प्रमुख मियाँ

कैलाली– सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँले न्यायसम्पादनमा ढिलाइ हुँदा कतिपय

बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा