एनसेल फ्ल्याश सेल्स अफर : आकर्षक डेटा प्याकसँगै अनलिमिटेड सोसल मिडिया पहुँच « Khabarhub

एनसेल फ्ल्याश सेल्स अफर : आकर्षक डेटा प्याकसँगै अनलिमिटेड सोसल मिडिया पहुँच


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एनसेलले आफ्नो साप्ताहिक फ्ल्याश सेल्स अफरलाई परिमार्जन गर्दै अब आफ्ना ग्राहकहरुलाई प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालहरूमा २४ घण्टा निःशुल्क अनलिमिटेड पहुँचसमेत उपलब्ध गराउने भएको छ ।

यो अफर जेठ ३ गते शनिबारबाट शुरु भई हरेक शनिबार जेठ ३१ गतेसम्म संचालनमा रहने कम्पनीले जनाएको छ ।

शनिबारका दिनमात्र एनसेल एप र एनसेल पसल एपमा उपलब्ध हुने यो डेटा सेवा लक्षित अफर अन्तर्गत ग्राहकहरुले विभिन्न चार वटा प्याकहरु किन्दा बिना कुनै अतिरिक्त शुल्क किनिएका प्याकका आधारमा अनलिमिटेड टिकटक, फेसबुक, इन्स्टाग्राग र यूट्युब चलाउन पाउनेछन् ।

सोसल मिडियामार्फत गरिने भ्वाइस कल, भिडियो कल र लाइभ स्ट्रिमिङ् सेवा भने उपलब्ध हुने छैन । फ्ल्याश सेल्समा डबल मजा, डेटा रिन्यूअल र दुई प्रकारका होम एन्ड अवे रिन्यूअलका गरी चार वटा प्याकहरु समावेश रहेका छन् ।

यस अफर अन्तर्गत ग्राहकले कर सहित रु १५० मा डबल मजा प्याक लिँदा ७ दिन समयावधी रहेको ७ जीबी डेटा पाउँछन् ।यस बाहेक एक दिन अर्थात् २४ घन्टासम्म अनलिमिटेड टिकटक चलाउन पाउँने सुविधा पाउँछन् । त्यसैगरी कर सहित रु २९९ पर्ने डेटा रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ७ जीबी डेटाका साथै बोनसका रुपमा २४ घन्टासम्म फेसबुकमा अनलिमिडेट पहुँचको फाइदा लिन सक्छन् ।

ग्राहकले औधी रुचाएका दुई होम एन्ड अवे रिन्यूअल प्याकहरु पनि यो अफरमा समावेश छन् । रु ५९९ को होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ४२ जीबीका अतिरिक्त २४ घन्टाका लागि इन्स्टाग्राममा अनलिमिटेड पहुँच पाउँछन् ।

अर्को रु ७९९ को होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयावधी रहेको ६५ जीबी पाउँछन् र साथै २४ घन्टाका लागि यूट्युवमा अनलिमिटेड पहुँच पाउँछन् ।यो फ्ल्याश सेल्स अफरले ग्राहकहरूलाई सुलभ दरमा डिजिटल अनुभव प्रदान गर्ने एनसेलको निरन्तरको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

डेटा सेवाको माग र सामाजिक सञ्जालको प्रयोग बढिरहेको अवस्थामा, अनलिमिटेड सोसल मिडिया चलाउन सकिने सुविधासहित आउने यी प्याकहरूले ग्राहकहरुलाई थप फाइदा प्रदान गर्ने एनसेलको विश्वास छ ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ९ : ०० बजे

वर्षमानको नाममा नक्कली चुनावी घोषणापत्र : निर्वाचन आयोग र साइबर ब्युरोमा उजुरी

काठमाडौं– आफ्नो नाममा नक्कली चुनावी प्रतिवद्धतापत्र बनाएर सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज– चालु आर्थिक वर्षको प्रथम ६ महिनामा वीरगञ्जबाट चार अर्ब

निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने समय थप

काठमाडौं– सरकारले बहुवर्षीय आयोजनासम्बन्धी ठेक्का र स्रोत सहमतिको प्रक्रिया परिमार्जन

तीस वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण

धुलिखेल– काभ्रेको महाभारत गाउँपालिकाले ३० वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य