लिग-२ को अभ्यास: गुल्सन र आरिफको शानदार ब्याटिङमा नेपाल विजयी « Khabarhub

लिग-२ को अभ्यास: गुल्सन र आरिफको शानदार ब्याटिङमा नेपाल विजयी


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग–२ को अभ्यासका लागि युके पुगेको नेपाली टोलीले पहिलो एक दिवसीय अभ्यास खेलमा जित निकालेको छ । शुक्रबार कार्डिफको न्युपोर्ट टोलीलाई नेपालले तीन विकेटले हराएको हो । २१३ रनको लक्ष्य नेपालले ३७.५ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको हो ।

जवाफी ब्याटिङमा खराब सुरुवात गरेको नेपालका लागि आरिफ शेख र गुल्सन झाले सानदार अर्धशतक बनाउँदै नेपाललाई जितको बाटो देखाएका थिए । गुल्सनले नेपालका लागि सर्वाधिक ८० रन बनाए भने आरिफले नटआउट ७३ रन बनाए । आरिफ र गुल्सनले सातौ विकेटका लागि १३४ रनको साझेदारी गरेका थिए ।

सुरुमा बलिङ गरेको नेपालका लागि कुशल भुर्तेलले तीन विकेट हात पार्दा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । नेपालका लागि रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामीले समान एकएक विकेट लिए । युकेमा नेपालले थप तीन टोलीसँग अभ्यास खेल्नेछ । अभ्यास खेलपछि नेपालले लिग–२ का खेल खेल्नेछ ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ६ : ०५ बजे

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

काठमाडाैं – यस वर्षको मनसुन प्रणाली नेपालमा औसत समयभन्दा ६

कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ

जेनेभा – प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा