स्थगित आईपीएल क्रिकेट आजदेखि सुरु हुँदै, बैङ्गलोर र कोलकाता भिड्ने « Khabarhub

स्थगित आईपीएल क्रिकेट आजदेखि सुरु हुँदै, बैङ्गलोर र कोलकाता भिड्ने


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काडमाडौं– भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजदेखि पुनः सुरु हुँदैछ ।

आतङ्ककारी समूहले कश्मिरको पहलगाममा गरेको हमला स्वरुप भारतले ‘अप्रेसन सिन्दुर’ सुरु गरेपछि जारी आईपीएल मे ८ देखि रोकिएको थियो ।

भारत र पाकिस्तानबीच तनाव व्यवस्थापन भइ युद्ध बिराम भएपछि पुनः आईपीएल सुरु हुन लागेको हो ।

आज रोयल च्यालेन्जर्स बैङ्गलोर (आरसीबी) र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बैङ्गलोरमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

दुई देशबीच विवाद बढेपछि मे ८ मा धर्मशालामा पन्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल पूरा नहुँदै रोकिएको थियो ।

जारी लिगमा बैङ्गलोर ११ खेलबाट १६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहँदा एक खेल बढी खेलेको कोलकाता ११ अङ्कका साथ छैटौँ स्थानमा छ ।

आईपीएलका बाँकी खेलहरू बैङ्गलोर, जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबाद गरी ६ ठाउँमा सञ्चालन हुनेछन् ।

आईपीएलको प्ले अफको स्थान भने निर्णय हुने बाँकी छ । तथापि मिति भने पक्का भइसकेको छ ।

पहिलो क्वालिफायर २९ मे तथा इलिमिनेटरको खेल ३० मे मा हुनेछ । १ जुनमा दोस्रो क्वालिफायर हुनेछ । आईपीएलको फाइनल खेल ३ जुनमा हुने तालिका छ ।

यसअघि ८ मे का लागि धर्मशालामा हुने भनिएको पन्जाब किङ्स र मुम्बई इन्डियन्सबीचको खेल २४ मे मा हुनेछ । 

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ७ : ५५ बजे

भोजपुरमा वडाध्यक्षसहित १२३ जना श्रम संस्कृतिमा प्रवेश

भोजपुर– साल्पासिलिछो गाउँपालिका-६ का निर्वाचित बहालवाला वडाध्यक्ष विक्रम वनसहित १२३

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै

कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना पक्राउ

कर्णाली– पलाँता गाउँपालिका–थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण