भोजपुरको षडानन्द नगरपालिकामा कुकर बम विस्फोट, विप्लवको पर्चा भेटियो « Khabarhub

भोजपुरको षडानन्द नगरपालिकामा कुकर बम विस्फोट, विप्लवको पर्चा भेटियो


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ ।

अज्ञात समूहले शुक्रबार बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको थियो ।

कुकर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामीमगरले बताए ।

विस्फोटन भएको ठाउँमा ‘दलाल पूँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको नेत्रविक्रम चन्द समूहको पर्चा भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

त्यस्तै नगरपालिकाको ग्यारेज छेउमा शङ्कास्पद वस्तु पनि फेला परेकाले त्यसलाई डिस्पोजनका लागि सङ्खुवासभाबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलतर्फ आउँदै गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ३ : ५२ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा