दोस्रो पशुपति चौलागाईं स्मृति कप सुरु « Khabarhub

दोस्रो पशुपति चौलागाईं स्मृति कप सुरु


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेपाली राजनीतिका बामपन्थी नेता स्व. पशुपति चौलागाईंको स्मृतिमा दोस्रो जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ।

पशुपति चौँरीगाई फाउण्डेसनको आयोजनामा भएको प्रतियोगिताको नेकपा एमालेका नेता पूर्व मन्त्री पार्वत गुरुङले उद्‌घाटन गरे। उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै नेता गुरुङले नेपाली राजनीतिमा  एक जिम्मेवार नेता र अभिभावक गुमाएको बताए।

कोरोना भाइरस सङ्क्रमणका कारण २०७८ साल वैशाख २८ गते निधन भएका नेता चौलागाईं लाई सम्झदै नेता गुरुङले नेपाली राजनीति र गणतन्त्र प्राप्तिको लागि चौलागाईंले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे।

त्यसैगरी चौलागाईंका सहपाठी तथा बाल्यकाल देखिको साथी भिमप्रसाद दाहालले चौलागाईंले देखाएको बाटोमा अहिलेका राजनीति दल र नेता कार्यकर्ताले भुल्न नहुने उल्लेख गरे। नेकपा एकीकृत समाजवादी बागमती प्रदेश अध्यक्ष समेत रहेका नेता दाहालले समृद्ध दोलखा निर्माण गर्न स्वर्गीय चौलागाईंले खेलेको भाषिकालाई अहिलेको आफूहरूले बिर्सन नमिल्ने बताए।

बैतेश्वर गाउँपालिकाको मैनापोखरी स्थित देउराली खेल मैदानमा सुरु भएको प्रतियोगितामा जिल्ला भरबाट ११ वटा टिम सहभागी बनेका छन्। प्रतियोगितामा पहिलो दिन उद्‌घाटन खेल आयोजक टिम मैनापोखरी र वैतेश्वर गाउँपालिका बिचको खेल सुरु भएको छ।

उक्त प्रतियोगिता जेठ ५ गतेसम्म चल्ने छ। प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो तथा सान्त्वना हुने टिमले क्रमशः १ लाख ५० हजार, १ लाख, ७५ हजार र २५ हजार प्राप्त गर्ने खेल व्यवस्थापक रबिन दाहालले जानकारी दिए।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ४ : ५९ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग