रुस-युक्रेन युद्ध अन्त्य गर्न ट्रम्प र पुटिन वार्ता निर्णायक बन्ने « Khabarhub

रुस-युक्रेन युद्ध अन्त्य गर्न ट्रम्प र पुटिन वार्ता निर्णायक बन्ने


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग युक्रेन युद्ध अन्त्यका लागि फोन वार्ता गर्ने बताएका छन्।

सामाजिक सञ्जालमा ट्रम्पले सुरुमा अमेरिकी राष्ट्रपतिसँग वार्ता गर्ने र त्यसपछि युक्रेनी नेतासँग वार्ता गर्ने बताएका छन्। दुवै देशका राष्ट्रपतिसँग वार्ता गरेपछि नाटोका नेतासँग वार्ता गर्ने ट्रम्पको योजना छ।

ट्रम्पले पुटिनको उपस्थिति भए आफू पनि इस्तानबुलमा भएको रुस र युक्रेनको वार्तामा सहभागी हुने बताएका थिए। सो वार्तामा रुसी राष्ट्रपति उपस्थित भएनन्। पुटिन र ट्रम्पको दुई जनाको वार्ताले मात्र युक्रेन युद्ध अन्त्यको सम्भावना भएको केही घण्टा पछि ट्रम्पले यो वार्ताको प्रस्ताव राखेका हुन्।

क्रेमलिनका प्रवक्ता डिमिट्रि पेस्कोभले सोमबार पुटिन र ट्रम्प बिच हुने फोन वार्ताका लागि तयारी भइरहेको बताएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा यो वार्ताले युद्ध अन्त्य हुने विश्वास समेत व्यक्त गरेका छन्। यी दुई देशका नेताले युद्ध विरामका साथै दुई देशको सम्मेलनको समेत प्रस्ताव गर्न सक्ने छन्।

रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की ।

शनिबार अमेरिकी विदेशमन्त्री मार्क रुबियो र उनका रुसी समकक्षी सजी लेबरेभबीच वार्ता भएको थियो। सो वार्तापछि लेबरेभले रुसले पनि अमेरिकी प्रयासलाई सकारात्मक रूपमा लिएको बताएका थिए।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ६ : ४० बजे

रोल्पामा मृत्यु भएका सबै २० जनाको सनाखत 

रोल्पा-रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ

म्याग्दीको रघुगंगामा सडक खनिरहेको डोजर र चालकलाई पहिरोले पुर्‍यो

म्याग्दी -म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग भिरझरामा मोटरबाटो खन्ने क्रममा झरेको

पाँच वर्षदेखि प्रयोगविहीन नापी कार्यालयको भवन, किन बनेन क्यान्टिन ?

तेह्रथुम– सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको नजरमा

‘वास्तविक सुकुम्वासीलाई छिट्टै जग्गा दिएको राम्रो, नत्र खत्तम होला’

काठमाडौं- ५७ वर्षीय वसन्त माझीको तन कीर्तिपुरको राधास्वामी सत्संग आश्रमको

वडा सीमा विवाद सुल्झाउने मापदण्डको  सुझावमाथि अध्ययन जारी

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कतिपय स्थानीय तहका