सिटीलाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो एफए कपको उपाधि | Khabarhub Khabarhub

सिटीलाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो एफए कपको उपाधि


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिस्टल प्यालेसले पहिलो महत्त्वपूर्ण उपाधिको रूपमा एफए कपको उपाधि जितेको छ। उपाधि जित्ने क्रममा क्रिस्टल प्यालेसले शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई १–० ले हराएको हो।

सन् २०१६/१७ मा पेप गुआर्डीओलाले क्लब हेरेयता सिटी कुनै पनि उपाधि बिना सिजनको अन्त्य गर्न बाध्य भएको यो पहिलो पटक हो।
खेलको १६ औँ मिनेटमा डानियल मुनोजको क्रसमा एबरेजी एजले प्यालेसका लागि निर्णायक गोल गरेका थिए।

सो खेलमा प्यालेसका डियन हेन्डरसनले सिटीका धेरै डरलाग्दा आक्रमणलाई विफल पारेका थिए। उनले ३६ औँ मिनेटमा ओमार मारमाउसले प्रहार गरेको पेनाल्टी समेत बचाए।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ७ : ०७ बजे

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ ।

सप्तरीमा प्रहरीको ‘सर्च अप्रेसन’ : गोली प्रहारबाट एक जनाको मृत्यु

सप्तरी– मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले

आईफोन-१७ सेप्टेम्बर ९ मा रिलिज हुने

काठमाडौं- एप्पलले बहुप्रतीक्षित आईफोन–१७ सरिजका फोनहरु आगामी सेप्टेम्बर ९ मा

घर छाडेका हायू परिवारको बयान : दिउँसो ऋणले सताउँछ, राति ‘आत्माले तर्साउँछ’

सिन्धुली- साउन ८ गते मध्यराति घर छाडेर हिँडेका हायू परिवार

इजरायलले गाजा कब्जाको प्रयास गरे अमेरिकाले अवरोध नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजा