पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज | Khabarhub Khabarhub

पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पशुपतिनाथ मन्दिरको गेट अगाडि शंकास्पद वस्तु फेला परेको छ ।

पशुपतिनाथ मन्दिरको दुई नम्बर गेट प्रवेशद्वार नजिक बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको हो ।

शंकास्पद वस्तु देखिएपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएलगत्तै महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले घटनास्थललाई नियन्त्रणमा लिएर डिस्पोजका लागि नेपाली सेनालाई खबर गरेको थियो ।

गौशाला वृत्तका अनुसार केही समय अघि सेनाको डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु डिस्पोज गरेको छ । उक्त वस्तुमा तार बेरिएको अवस्थामा रहेको थियो । उक्त शंकास्पद बस्तु बम भएको वा नभएको बारे प्रहरीले  केही बताएको छैन ।

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान गरेपनि आसपास अन्य कुनै शंकास्पद वस्तु भने फेला परेन ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ६ : १३ बजे

रास्वपा सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं– जेन-जी पुस्ताले गरेको आन्दोलनको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी

प्रहरीको गोली र छर्रा लागेर तीन फोटो पत्रकार घाइते

काठमाडौँ- जेन-जी आन्दोलनकारीलाई रोक्ने क्रममा प्रहरीले चलाएको रबरको गोली लागेर

विदेशी मिडियाको प्राथमिकतामा नेपालको प्रदर्शन

काठमाडौं- नेपालमा भइरहेको जेनजीको प्रदर्शनलाई विदेशी सञ्चार माध्यमले पनि प्राथमिकता

काठमाडौंको जेन-जी आन्दोलन भारतीय टेलिभिजनमा प्रत्यक्ष प्रसारण

काठमाडौं– काठमाडौंमा भइरहेको जेन-जी पुस्ताको आन्दोलन भारतका मुख्य टेलिभिजनहरूले प्रत्यक्ष

बानेश्वरमा सेना परिचालन

काठमाडौं- नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । जेनजी