बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यु–१९ को उपाधि | Khabarhub Khabarhub

बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यु–१९ को उपाधि


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


831
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले साफ यु–१९ च्याम्पियनसिप २०२५ को उपाधि जितेको छ । आइतबार साँझ भएको फाइनलमा बंगलादेशलाई हराउँदै भारतले लगातार दोस्रो पटक उपाधि जितेको हो ।

बंगलादेशविरुद्ध गोल्डेन जुबली स्टेडियममा भएको रोमाञ्चक फाइनलमा भारतले पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्दै उपाधि जित्यो ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो । खेलको दोस्रो मिनेटमा नै सिंगमायुम शामीले गोल गरेपछि भारतले अग्रता लिएको थियो । बंगलादेशका लागि खेलको ६२ औं मिनेटमा जोय अहमेद बराबरी गोल फर्काए ।

पेनाल्टी सुटआउटमार्फत खेलको छिनोफानो हुँदा भारतले ४–३ ले नतिजा आफ्नो पक्षमा पारेको हो । यु–१९ च्याम्पियनसिपमा यो भारतको लगातार दोस्रो उपाधि हो। २०२३ मा भारतले पाकिस्तानलाई ३–२ ले हराउँदै पहिलोपटक उपाधि जितेको थियो ।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  १० : २२ बजे

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको

जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

काठमाडौँ – न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका

विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

एजेन्सी – विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले