‘मैले कहिल्यै चामल किन्नु परेन’ भन्ने जापानी मन्त्रीले मागे माफी | Khabarhub Khabarhub

‘मैले कहिल्यै चामल किन्नु परेन’ भन्ने जापानी मन्त्रीले मागे माफी


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूले कहिल्यै चामल किन्नु नपरेको बताएका जापानी मन्त्रीले माफी मागेका छन् । जापानका कृषिमन्त्री ताकु एतोले सोमबार माफी मागेका हुन् ।

यसअघि उनले समर्थकबाट पाउने उपहारका कारण आफूले कहिल्यै चामल किन्नु नपरेको बताएका थिए । उनको यो भनाइपछि मूल्यवृद्धिको सामना गरिरहेका आम जापानी उपभोक्तामा आक्रोश छाएको थियो ।

आइतबार राजनीतिक चन्दा संकलन कार्यक्रममा मन्त्री एतोले आफूले कहिल्यै चामल किन्नु नपरेको बयान दिएका थिए । जापानको एनएचके समाचार संस्थाले सार्वजनिक गरेको भिडियोमा उनले आफूसँग बेच्न समेत पुग्ने चामल रहेको बताएका छन् ।

एतोको यो भनाइ जापानमा रातारात भाइरल भएको थियो । कतिपय जापानीले मन्त्रीको राजीनामा समेत मागेका थिए ।

उनले आफूले गलत बोलेको भन्दै सोमबार माफी मागेका हुन् । उनले पार्टी कार्यकर्ताको भीडलाई खुशी पार्न यस्तो बोलेको हुनसक्ने समेत प्रष्टोक्ति दिएका छन् ।

पछिल्लो समय जापानमा चामलको भाउ बढिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ । अहिले जापानमा ५ किलो चामलको भाउ औसतमा ४ हजार २ सय ६८ येन रहेको जनाइएको छ । यो अघिल्लो साताभन्दा ५४ येन धेरै हो ।

जापानमा आगामी जुलाई महिनामा माथिल्लो सदनको चुनाव आयोजना हुँदैछ । त्यसअघि जापानी मन्त्रीको यो भनाइले आम मतदातामाझ चर्को रोष पैदा गरेको जनाइएको छ ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ३ : ५० बजे

भियतनामसँग पराजित भएसँगै नेपाल एसियन कपबाट बाहिरियो

काठमाडौं – आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एएफसी एसियन

टी–२० वरीयतामा नेपालको एक स्थान सुधार

काठमाडौं – नेपाली क्रिकेट टोली आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा एक

खेरसोनमा राष्ट्रसङ्घको सहायता टोलीमाथि रूसी आक्रमण

किभ, युक्रेन – युक्रेनको आंशिक रूपमा रूसी नियन्त्रणमा रहेको खेरसोन

पोखरा-मुस्ताङ जोड्ने वैकल्पिक सडक सञ्चालनमा

म्याग्दी – गण्डकी प्रदेशको राजधानी पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने

काठमाडौं महानगरले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै

काठमाडौंँ – काठमाडौँ महानगरपालिकाले विपन्न, असहाय, बेवारिसेलगायत निःशुल्क उपचार प्राप्त