प्राथमिक विद्यालयमा महिलाका भित्री वस्त्र (ब्रा) फेला परेपछि प्रहरी नै चकित | Khabarhub Khabarhub

प्राथमिक विद्यालयमा महिलाका भित्री वस्त्र (ब्रा) फेला परेपछि प्रहरी नै चकित


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि बन्द रहेको एक प्राथमिक विद्यालयमा १ सय ५० भन्दा धेरै वटा महिलाले लगाउने भित्री वस्त्र (ब्रा) फेला परेपछि अधिकारीहरु आश्चर्यमा परेका छन् । घटना इण्डोनेशियाको हो ।

इण्डोनेशियाको पूर्वी जाभा प्रान्तस्थित केपोबारु जिल्लास्थित क्राङकोङ प्राथमिक विद्यालयमा ती वस्तु फेला परेको इण्डोनेशियाबाट प्रकाशित हुने कोम्पास अखबारको अनलाइन संस्करणले जनाएको छ । उक्त विद्यालय भवन सन् २०१९ देखि बन्द रहेको जनाइएको छ ।

गाउँको मैदानमा खेलिरहेका साना बालबालिकाले ती वस्तु लगाएपछि अधिकारीहरुले छानबिन गरेका थिए । पछि आइतबार विद्यालयको कक्षाकोठामा विभिन्न रंगका ती वस्तु फेला परेको थियो ।

समाचारमा जनाइएअनुसार हादी नाम गरेका व्यक्ति खेतबाट घर फर्किँदै थिए । उनले केटाकेटीले ती वस्तु लगाएर खेलेको देखेका थिए ।

‘खेलिरहेका बेला लगाएका ती वस्तु कहाँबाट आए भनेर प्रश्न सोध्दा केटाकेटीले विद्यालयको कोठामा भेटेको बताएका थिए ।’ केपोबारु प्रहरी प्रमुख इप्तु सुप्रियान्तोलाई उद्धृत गर्दै कोम्पासले लेखेको छ ।

केटाकेटीले जवाफ दिएपछि हादीले सन् २०१९ देखि बन्द रहेको विद्यालय भवन पुगेर निरीक्षण गरेका थिए । सोही विद्यालयको एउटा कक्षाकोठामा सयौँको सङ्ख्यामा ती वस्तु जथाभावी फालिएको अवस्थामा भेटिएको थियो ।

त्यसपछि हादीले ती वस्तु चोरिएको वा अरु कसैको भएको हुनसक्ने ठानेर घटनाबारे गाउँका मुखिया र प्रहरी अधिकारीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुग्दा बोरामा खाँदेको अवस्थामा अरु पनि ती वस्तु फेला पारेका थिए । प्रहरीका अनुसार त्यहाँ १ सय ५० को संख्यामा ती वस्तु फेला परेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ५ : ११ बजे

संघीयताको आवधिक समीक्षा गर्ने बेला भयो : वर्षमान 

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले संघीयता

अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपालीलाई आज चार्टर विमानबाट काठमाडौं ल्याइदै

काठमाडौं – अमेरिकामा रहेका ३७ नेपाली रिपोर्टमा परेका छन्। अमेरिकाले

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गोंगबुमा भेटियो चार करोड २५ लाख नगद र नौ किलो सुन

काठमाडौं – नेपाल प्रहरीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित टाउन प्लानिङबाट चार

प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज स्वदेश फर्कदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर आज