रेशमलाई चार घण्टा जेल पठाउने महिमान एक लाख धरौटीमा छुटे « Khabarhub

रेशमलाई चार घण्टा जेल पठाउने महिमान एक लाख धरौटीमा छुटे


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई चार घण्टाका लागि डिल्ली बजार जेल पठाउने गरी पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट एक लाख धरौटीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालको इजलासले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उनी सोमबार नै धरौटी बुझाएर रिहा भएका छन् ।

विष्टले गत वैशाख १७ गते अनधिकृत रूपमा जिल्ला प्रहरी परिसरलाई पत्र लेखेपछि रेशमलाई प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेर डिल्लीबजार कारागार चलान गरिएको थियो । उक्त पत्र लिएर उनी आफैँ जिल्ला प्रहरी परिसर काठमाडौं पुगेपछि प्रहरीले रेशमलाई तत्कालै पक्राउ गरेर डिल्ली बजार जेल चलान गरेको थियो ।

तर विष्टले लेखेको पत्र नै अनधिकृत भएको पुष्टि भएपछि रेशम चार घण्टापछि वैशाख १७ गते साँझ डिल्ली बजार जेलबाट रिहा भए ।

पत्र अनधिकृत रहेको पुष्टि भएलगत्तै सर्वोच्च अदालत प्रशासनले महिमानलाई प्रहरीको जिम्मा लगाएको थियो। उनले टीकापुर हत्याकाण्डका पीडितको आत्मालाई शान्ति दिन उक्त पत्र लेखेको बयान दिएका थिए ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ६ : ०० बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय