यूएईमा ट्राफिक नियम उल्लंघन गर्दा नेपाल आउन पाइन्छ कि पाइँदैन ? त्यहाँका कानुन व्यवसायी यसो भन्छन् « Khabarhub

यूएईमा ट्राफिक नियम उल्लंघन गर्दा नेपाल आउन पाइन्छ कि पाइँदैन ? त्यहाँका कानुन व्यवसायी यसो भन्छन्


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खाडी मुलुक यूएईमा लाखौँ नेपालीहरु छन् । त्यहाँको कानुन नबुझ्दा धेरै नेपालीले समेत दुःख पाउँदै आएका छन् । कानुनबारे यथेष्ट जानकारी नहुँदा कतिपय नेपालीले यूएईबाट घर आउन नपाएको अवस्था पनि छ ।

प्रायः ऋण नतिर्दा, चेक अनादरको घटनामा पर्दा वा आपराधिक मुद्दा लाग्दा यूएईबाट घर फर्किन पाइँदैन । यूएईमा रहेको अवतिफ शोकी एड्भोकेट्स एण्ड लिगल कन्सल्टेन्सी नामक कानुनी सेवा प्रदायक संस्थाका कानुन व्यवसायी डा. हसन एलहाइसले यसबारे गल्फ न्यूजलाई जानकारी दिएका छन् ।

उनका अनुसार ऋण नतिरेको अवस्थामा अदालतको फैसलापछि आसामीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी ऋणीलाई देशबाहिर जान नदिन सरकारसँग आग्रह गर्नसक्छ ।

अदालतको फैसलापछि पनि ऋण तिर्न आनाकानी गरे आसामीले ऋणीलाई देशबाहिर जान नदिन सरकारसँग आग्रह गर्नसक्छ । कतिपय विशेष अवस्थामा भने आसामीले कानुनी कारवाही शुरु हुनुअघि नै सोझै ऋणीलाई देशबाहिर जान नदिन समेत सरकारसँग आग्रह गर्नसक्ने उनको भनाइ छ ।

डा. एलहाइसका अनुसार चेक अनादर मुद्दामा पनि वादी पक्षले प्रतिवादीविरुद्ध सोझै कानुनी उपचार खोज्न सक्छ । यस मुद्दा कानुनी प्रक्रियामा गएर अदालतले आदेश दिएपछि पनि अनादर भएको चेकमा रहेको रकम फिर्ता नगरेमा वादी पक्षले प्रतिवादीलाई देशबाहिर जान नदिन सरकारसँग आग्रह गर्नसक्छ ।

यस्ता मुद्दामा ऋणीले आसामीको पैसा फिर्ता गरी कानुनी प्रक्रिया पूरा गरे देश बाहिर जान सक्छ । तर, पैसा फिर्ता गरेपछि देशबाहिर जान दिने प्रक्रिया पूरा हुन एकदेखि दुई दिन लाग्नसक्छ ।

आपराधिक मुद्दामा भने प्रहरी वा अभियोजनकर्ताले नै प्रतिवादी पक्षलाई देशबाहिर जान निषेध गर्नसक्छ । आपराधिक घटनाको अनुसन्धानका क्रममा प्रतिवादी पक्षलाई कानुनी कारवाही पूरा भएर सफाइ नपाउन्जेलसम्म देशबाहिर पठाउन नसक्ने प्रावधान छ ।

सामान्यतः कसैले ट्राफिक नियम उल्लंघन गरेको अवस्थामा भने देशबाहिर जान नपाउने भन्ने हुँदैन । घटनाको गम्भीरताका आधारमा कसैलाई देशबाहिर जान दिने वा नदिने निर्णय गरिने एमआईओ ल फर्मका कार्यकारी साझेदार अहमद ओदेहले गल्फ न्यूजलाई बताएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ७ : २८ बजे

आजको मौसम पूर्वानुमान : देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा

ट्रम्प र सीबीच आज भेटवार्ता हुँदै : के छन् एजेन्डा ?

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

इन्टर मिलानलाई इटालियन कपको उपाधि

काठमाडौँ – लिग च्याम्पियन इन्टर मिलानले बुधबार लाजियोलाई २–० ले

विराट कोहलीको शतक : कोलकातालाई हराउँदै आरसिबी आइपिएलको शीर्ष स्थानमा

रायपुर – विराट कोहलीको अविजित शतकीय इनिङ्सको मद्दतले रोयल च्यालेन्जर्स