भारतमा रेलको टिकटमै अपरेशन सिन्दुरको लोगो र मोदीले सलाम ठोकेको फोटो छाप्न थालियो « Khabarhub

भारतमा रेलको टिकटमै अपरेशन सिन्दुरको लोगो र मोदीले सलाम ठोकेको फोटो छाप्न थालियो


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा रेलको टिकटमै अपरेशन सिन्दुरको लोगो छाप्न थालिएको छ । भारतमा विद्युतीय माध्यमबाट काटिएका रेलको टिकटमा प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरसँगै अपरेशन सिन्दुरको लोगो छाप्न थालिएको हो ।

टिकटमा प्रधानमन्त्री मोदीले सलाम ठोकेको देखिएको छ । टिकटमा कालो पृष्ठभूमिमा सेतो र सत्तारुढ भारतीय जनता पार्टी भाजपाको भगवा रंगको अक्षरले लेखिएको छ, ‘अपरेशन सिन्दुरले आतंकका विरुद्ध लडाइँमा एउटा नयाँ रेखा कोरेको छ, एउटा नयाँ परिधि र न्यू नर्मल तय गरेको छ ।’

भारतीय रेलवेले यस कदमको बचाउ गरेको छ । भारतीय रेलवेका अधिकारी दिलिप कुमारले इण्डिया टुडेलाई बताएअनुसार अपरेशन सिन्दुरको सफलताबारे देशलाई जानकारी दिन यस्तो गरिएको हो । उनले भारतीय रेलवे भारतीय सेनाको सफलतामा गौरवान्वित रहेको पनि उल्लेख गरेका छन् ।

विपक्षीले भने सरकारको यो कदमको आलोचना गरेका छन् । विपक्षी कांग्रेस पार्टीका सचेतक मनिकाम टेगोरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘अपरेशन सिन्दुर अहिले स्याम्फूजस्तै बिक्री भइरहेको छ, – रेलवेको टिकटमा छापेर सामानजस्तो विज्ञापन गरिएको छ ।’

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  २ : ५७ बजे

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९