ग्वार्को ‘ओभरपास’मा जेठभित्रै गाडी गुडाउने तयारी (तस्बिरहरू)  « Khabarhub

ग्वार्को ‘ओभरपास’मा जेठभित्रै गाडी गुडाउने तयारी (तस्बिरहरू) 


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको ग्वार्कोमा बनिरहेको ओभरपासमा यही जेठ मसान्तभित्र सवारीसाधन गुडाउन मिल्ने गरी काम भइरहेको छ । निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जानकारी दिएको छ ।

आयोजनाको काम जेठ १५ भित्रै सकेर सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको निर्माण कम्पनीले बताएको छ ।

ओभरपास निर्माण सम्झौताको समय सकिएर एक वर्ष म्याद थप हुँदा पनि काम पूरा नहुने देखिएपछि सडक विभागले निर्माण कम्पनीलाई गत पुसबाट हर्जाना तिराएर काम गराइरहेको छ ।

सम्झौताअनुसार तोकिएको म्याद २०८० फागुन १२ मा सकिएको थियो । त्यसपछि म्याद थप गरेर २०८१ पुस ८ सम्म कायम गरिएको थियो । दुई वर्षमा निर्माण पूरा गर्ने गरी आशिष–समानान्तर जेभीसँग २०७८ फागुन १२ मा सम्झौता भएको थियो ।

ओभरपास बनेपछि कलंकी–कोटेश्वर सडक खण्डमा चल्ने सवारीसाधन ओभरपासबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन ओभरपासको सडक खण्डबाट गुड्नेछन् ।

ओभरपास निर्माणबाट चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभु सडक खण्डमा सवारीसाधनलाई सुरक्षित, सुगम तथा व्यवस्थित तरिकाले आवागमन गर्न सुविधा हुनेछ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ११ : १८ बजे

कांग्रेसले शान्तिको भावनालाई आचारसंहिता बनाउनुपर्नेमा जोड

काठमाडौं– नेपाली कांग्रेसले शान्तिको भावनालाई आचारसंहिता बनाउनुपर्नेमा जोड दिइएको छ

काठमाडौंमा ‘जेन-जी’ प्रदर्शनका घाइतेको वर्गीकरण सुरु

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेन-जी’ प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरण

दोधारा चाँदनीमा आठ करोडको लागतमा ‘लिफ्ट सिँचाइ’

दोधारा चाँदनी- यहाँको दोधारा–चाँदनी नगरपालिकास्थित कञ्जभोजमा लिफ्ट सिँचाइ योजनाको काम

जेन-जी र बारा प्रशासनको वार्तामा जोडिए सुदन र पुरुषोत्तम (तस्बिरहरू)

काठमाडौं– मंगलबार बाराको सिमरामा जेन-जी समूह र नेकपा एमाले निकट

द्वन्द्व व्यवस्थापनमा विश्वले नेपालबाट सिक्न सक्छ : वर्षमान पुन 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन अनन्तले नेपालको शान्ति