रूकुम पूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादीमा समाहित | Khabarhub Khabarhub

रूकुम पूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादीमा समाहित


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) को रूकुम पूर्व जिल्ला कमिटी नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । 

‘जनतासँग माओवादी– मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत बुधबार रूकुम पूर्वको सिस्ने गाउँपालिकामा पर्ने रुकुमकोटमा आयोजित ‘जनसंवाद’ कार्यक्रममा नेसपाको जिल्ला कमिटी माओवादीमा समाहित भएको हो । 

जनमुक्ति सेनाका पूर्व कमान्डर तथा नेसपाका पूर्व केन्द्रीय सदस्य जीतमान पुन ‘मार्सल’ सँगै भट्टराई नेतृत्वको पार्टीको सिंगो कमिटी माओवादीमा समाहित भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले दाबी गरेको छ । 

सचिवालयले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेको जन वर्गीय संगठन दलित मोर्चाका जिल्ला अध्यक्ष उपेन्द्रलाल कामी पनि माओवादी केन्द्रमा समाहित भएका जनाएको छ । 

सचिवालयका अनुसार अध्यक्ष प्रचण्डले पार्टीमा प्रवेश गरेका नेताहरूलाई स्वागत गर्दै परिवर्तनको आन्दोलनमा पुनः जुट्न  आग्रह गरेका थिए ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  २ : ४५ बजे

जेनजीलाई समर्थन गर्दै शेखरले सरकारलाई भने- नत्र पछुताउनुको विकल्प रहने छैन

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेनरेसन जेड (जेनजी)

उपभोग्यवस्तुको सहज आपूर्ति व्यवस्था मिलाउन मुख्यसचिव अर्यालको निर्देशन

काठमाडौं– मुख्यसचिव एकनारायण अर्यालले आसन्न चाडपर्वमा उपभोग्य वस्तुको सहज आपूर्तिका

जेनजी पुस्ताको प्रदर्शनसामु झुके इण्डोनेशियाका राष्ट्रपति

काठमाडौं– इण्डोनेशियामा पाबोवो सुबियान्तोले राष्ट्रपति पदको जिम्मेवारी सम्हालेको एक वर्ष

बालेनपछि प्रकाश सपुतले भने- ‘जेनरेसन जेड’ आन्दोलनमा उत्रिनू

काठमाडौँ – चर्चित गायक प्रकाश सपुतले सामाजिक सञ्जालमार्फत् नयाँ पुस्तालाई