महिला समितिका पुरूष सभापतिलाई सांसदले बैठकमै हानिन् माइक र नेमप्लेट « Khabarhub

महिला समितिका पुरूष सभापतिलाई सांसदले बैठकमै हानिन् माइक र नेमप्लेट


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद् बैठकमा देखिने घमासान अहिले संसदीय समितिमा पनि पुगेको छ ।

सत्तारूढ र प्रतिपक्षी दलहरूबीच हुने मारमारको अवस्था बुधबार प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिमा देखिएको छ ।

जहाँ महिला नामको उक्त समितिका पुरूष सभापति एवम् एमाले सांसद किरण कुमार साह र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीबीच हात हालाहालको अवस्था आएको हो ।

बुधबार बिहान ७ बजे बसेको समितिको बैठकमा विवाद हुँदा सांसद कुसारीले सभापति साहलाई आफ्नो नेमप्लेट र माइकको झट्टी हानेकी हुन् । यद्यपि दुवै वस्तुले साहलाई नलागेकाले कुनै चोटपटक लागेन ।

प्रत्यक्षदर्शीका अनुसार सांसद कुसारी बैठकमा ढिला आएकी थिइन् । त्यसपछि उनले सभापति साहको अनुमतिबिना नै आफ्ना कुरा राख्न थालेकी थिइन् । त्यसमा सभापति साहले आपत्ति जनाए भनाभन हुँदा आक्रोशित मुद्रामा देखिएकी कुसारीले रिस सम्हाल्न नसक्दा माइक र नेमप्लेट उठाइन् ।

सभापति साहका अनुसार शोभा ज्ञवाली र सुशीला सिर्पाली संयोजक रहेका उपसमितिका प्रतिवेदन समितिमा बुझाउन बैठक डाकिएको थियो । त्यहीक्रममा ढिलो आएकी कुसारीले आफूखुसी बोल्न थालेपछि रोक्न खोज्दा आक्रमण भएको साहले बताए ।

उता कुसारीले भने सभापति साहले आफ्ना गल्ती ढाकछोप गर्न बोल्न निषेध गरेपछि आफू आक्रोशमा आएको बताएकी छन् । कुसारीले सभापति साहको मनपरीविरुद्ध सभामुख देवराज घिमिरेलाई बताउने बताएकी छन् ।

उता सभापति साहले माइक नमागी कुसारीले बोल्न थालेपछि समस्या भएको बताए । ‘अहिले समय दिइएको छैन, तपाईंले बोल्ने पालो होइन भनेको थिएँ’, साहले भने, ‘हुँदै नभएको कुरा उहाँले बोल्नु भयो । बैठकमा ढिलो आएर पनि विषयवस्तु भन्दा फरक कुरा गरेपछि विवाद र भनाभन भएकै हो ।’

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  २ : ४९ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको