नेपालको धर्मनिरपेक्षताबारे भारतीय नेता जोलीको सुझाव- जनताको मत बुझ्दा राम्रो « Khabarhub

नेपालको धर्मनिरपेक्षताबारे भारतीय नेता जोलीको सुझाव- जनताको मत बुझ्दा राम्रो


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले नेपालको धर्मनिरपेक्षताबारे जनताको मतलाई बुझ्दै जानुपर्ने बताएका छन् ।

नेपाल भ्रमणमा रहेका नेता जोलीले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले धर्मनिरपेक्षताबारे जनताको मत बुझ्दा राम्रो हुने सुझाएका हुन् ।

यद्यपि उनले नेपालीभित्रका सबै बिषयको निर्णय लिने अधिकार नेपाली जनता र यहाँका राजनीतिक दलहरूलाई रहेको पनि बताएका छन् ।

जोलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सार्थकता समाप्त भइसकेको पनि बताएका छन् ।

यसअघि प्रभावकारी मञ्चका रुपमा रहेको सार्कको सार्थकता अब समाप्त भइसकेको उनले बताए । सार्क निष्प्रभावकारी हुनुमा पाकिस्तान दोषी रहेको उनले बताएका छन् ।

जोलीले नेपाल–भारतबीचको सम्बन्ध अटुट रहेको भन्दै यसलाई निरन्तर अघि बढाइने धारणा राखे ।

नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्धबाहेक सौनिक क्षेत्रमा पनि गहिरो सम्बन्ध रहेको उनले बताए । नेपालमा रहेको बहुदलीय लोकतन्त्रात्मक प्रणालीको पक्षमा भारत सदैव रहने पनि उनले बताए ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ३ : १८ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ