कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथिको छलफल जारी | Khabarhub Khabarhub

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथिको छलफल जारी


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३८ को उपनियम १ बमोजिम सुरु भएको छलफलमा प्रदेशसभाका सांसदहरू कमजप्रसाद जबेगु, विदुरकुमार लिङथेप, बाबुराम गौतम, राजेन्द्र कार्की, सपना दर्जी, प्रदीपकुमार सुनवार, विनोद राई, खगेश्वरी पौडेल, होमबहादुर थापालगायतले आ–आफ्नो धारणा राखे  । 

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले समसामयिक विषयमा उठेका जिज्ञासाको जवाफमा प्रदेश सरकार संविधान र कानुनको दायराभित्र रही काम, कर्तव्य र अधिकार प्रयोगमा प्रतिबद्ध रहेको जानकारी दिए ।

उनले भर्खरै कोशीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको जनाउँदै शान्ति सुरक्षा, मौद्रिक नीति, परराष्ट्र नीतिलगायत क्षेत्र सङ्घीय सरकारको मातहत रहने भएकाले सोही मान्यताअनुसार सुरक्षा बैठक सम्पन्न भएको स्पष्ट पारे ।

उक्त गोष्ठीमा सुरक्षा निकायलाई सरकारले आवश्यक निर्देशन दिएको बताउँदै मन्त्री भण्डारीले यही जेठ ५ गते मोरङको कानेपोखरीमा प्रदेशसभाका सांसद सवार सवारी दुर्घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइसकिएको स्पष्ट पारे ।

उनले चार जना सांसदमा दुई जना उपचारपछि घर फर्किनुभएको जनाउँदैै दुई जना उपचाररत रहनुभएकाले सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले घाइते सांसदद्वयको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

मन्त्री भण्डारीले गत वर्षमा बाढी र पहिरोबाट कोशी प्रदेशमा रु चार अर्ब ६२ करोड बराबरको क्षति भएकामा सरकारले चालु खर्चमा कटौती गरी रु ४० करोड बराबरको राहत वितरण र निर्माण सम्पन्न गरेको जानकारी दिए ।

उनले प्रदेश सरकारको मातहतमा रहेको यातायात व्यवस्था कार्यालय व्यवस्थित गर्ने प्रयास भइरहेको भन्दै विद्युतीय प्रणालीबाट कर भुक्तानी र सवारी अनुमतिपत्र एक महिनामा प्रदान गर्ने व्यवस्था सरकारले मिलाइसकेको जानकारी दिए । 

यसअघि आजको बैठकको शून्य समयमा सांसदहरू खिनु लङवा लिम्बू, गोम्बु शेर्पा, सम्झना तामाङ थाम्साङ, तिलचन पाठक, बुद्धिकुमार राजभण्डारी, रामप्रसाद मेहता, र कमलप्रसाद जबेगुले मुलुकको समसामयिक विषयमा धारणा राखेका थिए  ।-रासस

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ४ : ५७ बजे

चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै

तनहुँ– आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास

आलु बिक्री गर्न कोसेली घर सञ्चालन

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर ६

हाम्रो मुख्य जोड थालेका काम सक्ने हो : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भने अनुसार नै

झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोट्टियो

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका– ६ मा रहेको मराङखोलामा तीन सय

गाजाको ८६ प्रतिशत भन्दा बढी क्षेत्र इजरायलको कब्जामा

काठमाडौं – लगातारको आक्रमणसँगै इजरायलले गाजाको ८६ प्रतिशत बढी क्षेत्रमा