बागमती प्रदेशसभा : बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ « Khabarhub

बागमती प्रदेशसभा : बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशसभामा आजदेखि आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ भएको छ । 

आजको बैठकमा प्रदेशसभाका सांसदहरूले प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आव २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सन्दर्भमा धारणा राखेका छन् । 

मंगलबार बसेको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दराज काफ्ले आगामी आवको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । 

आजको बैठकमा सांसदहरूले नागरिकको जीवनमा सकारात्मक परिवर्तन आउने र प्रदेशलाई समृद्ध बनाउन ठोस् आधारसहितको बजेट ल्याउनुपर्नेमा जोड दिए  ।

आगामी नीति, कार्यक्रम र बजेट जनताको इच्छा, चाहना सम्बोधन हुने किसिमको, स्वदेशमा रोजगारी सृजना हुने किसिमको हुनुपर्नेमा जोड दिँदै सांसदहरूले कृषि, उद्योग, वन, पर्यटक प्रवर्द्धनलगायत विषयलाई आगामी बजेटमा प्राथमिकता दिनुपर्ने सुझाव दिए  । 

आजको बैठकमा भारतीकुमारी पाठक, उर्मिला सुनुवार, ठाकुरप्रसाद ढकाल, सृजना सैजु, डा दिनेशचन्द्र देवकोटा, सुरेन्द्रराज गोसाईं, आनन्दकुमार श्रेष्ठ, ईश्वर सापकोटा, गीता काफ्ले, केशवप्रसाद पोखरेल, मातृकाप्रसाद भट्टराई, प्रभात तामाङ, छिरिङ दोर्जे लामा, भरतबहादुर केसीलगायत सांसदले सरकारद्वारा प्रस्तुत आगामी आवको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमाथि धारणा राखे । 

प्रदेशसभाको अर्काे बैठक भोलि बिहान ११.०० बजे बस्ने गरी आजको बैठक सकिएको छ । –रासस

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ४ : ५४ बजे

बालेनको व्यवहार रास्वपालाई ‘निल्नु न ओकल्नु’

काठमाडौं- करिब एक वर्षको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं- राष्ट्रिय सभाले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ

राष्ट्रियसभामा अर्थमन्त्री डा. वाग्लेको जवाफ

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपाल सरकारको

करेन्ट लागेर प्राविधिकको मृत्यु

कृष्णनगर (कपिलवस्तु)- कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने