१८ वर्ष कटेका १९ हजार मतदाता थपिए | Khabarhub Khabarhub

१८ वर्ष कटेका १९ हजार मतदाता थपिए


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरेक वर्ष १८ वर्ष उमेर पुगेका मतदाताको नामावली अद्यावधिक गर्दै आएको निर्वाचन आयोगले ०८१ चैत मसान्तसम्म १८ वर्ष पूरा भएका मतदाताहरुलाई समेटेर अन्तिम नामावली प्रकाशन गरेको छ ।

आयोगको पछिल्लो तथ्यांकअनुसार नेपालको कुल मतदाता संख्या १ करोड ८१ लाख ४८ हजार ६५४ कायम भएको छ ।
उपनिर्वाचनअघि ०८१ कात्तिक २६ मा आयोगले प्रकाशित गरेको नामावलीमा पछिल्लो पाँच महिनामा १९ हजार ८२२ जना नयाँ मतदाता थपिएका छन् ।

आयोगका अनुसार पछिल्लो पाँच महिनामा एकजना तेस्रो लिंगी मतदाताको संख्या घटेको छ । कात्तिकमा देशभर १८७ जना तेस्रो लिंगी मतदाता थिए । चैत मसान्तसम्म आउँदा यो संख्या १८६ कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

पछिल्लो पाँच महिनाको अवधिमा ७ हजार ६९९ जना महिला मतदाता थपिएका छन् भने पुरुष मतदाताहरु १२ हजार १२४ जना थपिएका छन् ।

गत कात्तिकमा नेपालमा कुल मतदाता संख्या संख्या १ करोड ८१ लाख २८ हजार ८३२ थियो ।

निर्वाचन आयोगले अनलाइन प्रविधिबाटै मतदाता नामावलीमा नाम समावेश गर्न वा अद्यावधिक गर्न सकिने बताएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ५ : १० बजे

बिहान यी काम गर्दा दिनभरलाई फाइदा

काठमाडौं– संस्कृतमा दैनिक कार्यक्रमलाई दिनचर्या भनिन्छ । दिनको अर्थ हुन्छ

रूसमा नयाँ सवारीसाधनको बिक्री २५ प्रतिशत घट्यो

मस्को – रूसको उद्योग तथा व्यापार मन्त्रालयले जानकारी दिएको अनुसार

प्रतिनिधिसभा बैठक बस्दै, सांसदहरूका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बिहीबार बस्दैछ । बैठक

सार्वजनिक नीति र संघीयता सबलीकरण समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा उपसमितिको बैठक बस्दै

यी भूभागमा मध्यम वर्षाको सम्भावना, तराईका केही स्थानमा हावाहुरी चल्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल