काङ्ग्रेसभित्र एकता अपरिहार्य छ : प्रवक्ता महत « Khabarhub

काङ्ग्रेसभित्र एकता अपरिहार्य छ : प्रवक्ता महत


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र एकताको विकल्प नरहेको बताएका छन् 

नेपाली कांग्रेस भानु नगरसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले पार्टी बलियो हुन पार्टीभित्र सहमति र एकता अपरिहार्य रहेको बताए । 

पार्टीभित्रका कमजोरी सुधार्दै पार्टीलाई बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाइ छ । कांग्रेस बलियो भए मात्रै अन्य पार्टीसँग प्रतिस्पर्धा गर्न सकिने प्रवक्ता महतले उल्लेख गरे । 

प्रवक्ता महतले कांग्रेसको नेतृत्वमा देश विकास सम्भव रहेको र धेरै विकासका काम पार्टीकै नेतृत्वमा भएको बताउँदै कांग्रेसले गरेका कामको प्रचारप्रसार गर्न आवश्यक रहेको टिप्पणी गरे । 

कार्यक्रममा नेपाली कांग्रेसका वैकल्पिक केन्द्रीय सदस्य पुष्पराज पराजुली, जिल्ला कार्यसमितिका उपसभापति देवकुमार श्रेष्ठ, सचिव सहदेव अधिकारी, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायत सहभागी थिए । 

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ५ : ३६ बजे

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको

रुस, चीनसहित ६ देशका विदेशमन्त्रीसँग दिल्लीमा इरानको बैठक गर्‍यो, ओमानमा अर्को संवादको तयारी

काठमाडौं- नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरानले