राप्रपा कार्यकर्ता सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश « Khabarhub

राप्रपा कार्यकर्ता सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठनका संयोजक सुजित केसीलाई रिहा गर्न बुधबार आदेश दिएको छ ।

केसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश जारी गरेको हो ।

सामाजिक फेसबुकमा स्टाटस लेखेर सरकार र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको परिवारको आलोचना गरेको भन्दै केसीलाई साइबर अपराध आरोपमा पक्राउ गरिएको थियो ।

त्यसपछि आफूलाई सरकारले गैरकानुनी थुनामा राखेको दाबीसहित उनी सर्वोच्च पुगेका थिए । केसीकोतर्फबाट अधिवक्ता राजकुमार श्रेष्ठले शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले केसीलाई राहत दिएको हो ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ५ : ५१ बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक