बिजुली गएर दिक्क महावीर पुनको आक्रोश- ऊर्जामन्त्रीले दिउँसै रात पारे, पदबाट हटाइजाऊँ « Khabarhub

बिजुली गएर दिक्क महावीर पुनको आक्रोश- ऊर्जामन्त्रीले दिउँसै रात पारे, पदबाट हटाइजाऊँ


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई पदबाट हटाउनुपर्ने बताएका छन् ।

जुनसुकै बेला पनि बिजुली गएर दिक्का भएका उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आक्रोश पोख्दै ऊर्जामन्त्रीलाई हटाउन बरू आन्दोलन गर्नुपर्ने बताएका छन् ।

ऊर्जामन्त्री खड्कालाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसले हटाउने संकेत नदेखिएको पनि उनले जिकिर गरेका छन् ।

‘ऊर्जामन्त्री जस्तो दिउँसै रात पार्नेलाई संयुक्त बृहत् जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ’, उनले भनेका छन्, ‘त्यस्तो दुष्ट व्यक्तिलाई हटाउने कांग्रेसले र प्रधानमन्त्रीले हो । तर उनीहरूले हटाउने छाँट देखिएन । बृहत् जनआन्दोलन अन्तिम उपाय देखियो ।’

उनले वीरगञ्ज कृषि औजार कारखानामा र राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुरमा झ्याप झ्याप बत्ती गइरहेकाले आफूहरू हैरान भएको पनि बताएका छन् ।

‘झ्याप-झ्याप बत्ती गएर भाइ-बहिनीहरूले काम गर्न पाउदैनन्’, उनले भनेका छन्, ‘१५ केभीए र ३० केभीएको डिजेल जेनेरेटर चलाएर काम गर्नु परिरहेको छ। त्यसो हुँदा रिस नउठेर के माया लाग्छ त मन्त्रीको ?’

यता ऊर्जामन्त्री खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्याले बत्ती गए पनि लोडसेडिङ नहुने जिकिर गरिरहेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ६ : ३६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना