तिल गाउँमा बाढीपहिरोको सात दिनपछि पुर्‍याइयो राहत सामग्री « Khabarhub

तिल गाउँमा बाढीपहिरोको सात दिनपछि पुर्‍याइयो राहत सामग्री


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सिमकोट– जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ तिल गाउँमा आज राहत सामग्री पुर्‍याइएको छ । यही जेठ १ गते राति गएको बाढीपहिरो पीडितका लागि सात दिनपछि आज राहत सामग्री पुर्‍याइएको हो । 

पहिरोको जोखिममा रहेका १९ घरपरिवारका लागि नाम्खा गाउँपालिका, उद्योग वाणिज्य सङ्घ, ‘आधार नेपाल’ नामक संस्थाको टोली राहत सामग्री लिएर तिल गाउँमा पुगेको हो । राहत सामग्रीसँगै नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा पनि तिला गाउँ पुगेका छन् ।

बाढीपहिरो पीडितका लागि प्रमुख समस्या गाँस, बास र कपास  भएकाले आवश्यक सामग्री आज बिहान पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । उनीहरुलाई १० क्विन्टल चामल, १०० लिटर तेल, दुई क्विन्टल नुन, दुई क्विन्टल चिनी, ३० क्विन्टल मैदा, एक क्विन्टल चिउरा, एक क्विन्टल भुजा, चिया, आलुको बीउ, सागसब्जीको बीउ, साबुन, औषधि, सिमेन्ट पुर्‍याइएको प्रजिअ पाण्डेयले बताए । 

यसैगरी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा आज राहत सामग्री लिएर त्यसतर्फ प्रस्थान गरेको छ । कम्बल, त्रिपाल, म्याट्रेस लिएर अध्यक्ष गणेश महत त्यसतर्फ लागेका हुन् । त्यसैगरी खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय हुम्लाले एक हजार ८०० मिटर खानेपानीको पाइप सहयोग गरेको छ । 

तिल गाउँका १९ घरपरिवारका ३३ जना त्रिपाल मुनि बस्दै आएका छन् । उक्त राहत सामग्री हल्जी गाउँदेखि गाडी पुग्ने ठाउँसम्म गाडीमा र त्यसपछि भरिया, घोडा र खच्चडलाई बोकाएर तिल गाउँमा पुर्‍याइएको हो । –रासस

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ६ : ५६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना