पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : संसदीय उपसमितिको प्रतिवेदन अख्तियारलाई जिम्मा « Khabarhub

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : संसदीय उपसमितिको प्रतिवेदन अख्तियारलाई जिम्मा


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखी पठाउने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको बैठकले उपसमितिको प्रतिवेदन ग्रहण गर्दै प्रतिवेदनका विषयवस्तु र विमानस्थलबारे उठेका भ्रष्टचारका बिषयमा अनुसन्धान र छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखि पठाउने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले बताए।

उपसमितिको प्रतिवेदनमा बिमानस्थल निर्माण गर्दा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमितता र भ्रष्टचार भएको उल्लेख गरिएको छ भने निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको औँल्याइएको छ ।

प्रतिवेदनमा रहेका बिषयहरूलाई आवश्यक यथाशिघ्र अध्ययन, अनुसन्धान गरि कारवाही प्रक्रिया अघि बढाउने गरि अख्तियारमा पठाइने उनले बताएका छन् ।

बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले उपसमितिको प्रतिवेदनप्रति असहमति जनाएका छन् ।

उनले भ्रष्टाचारको कुरा आएपछि पोखरा विमानस्थल निर्माणका बिषयमा अख्तियारले अनुसन्धान गर्नुपर्ने उल्लेख गरे । उनले तत्कालीन पर्यटनमन्त्रीको हैसियतमा अख्तियारले आफूमाथि छानबिन गरे बयान दिन जाने स्पष्ट पारे ।

त्यस्तै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले उपसमितिको प्रतिवेदनमा कुनै पूवाग्रह नरहेको भन्दै यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

बैठकमा उपसमितिको प्रतिवेदनका बिषयमा सांसदहरूबीच विवाद समेत भएको थियो । उपसमिति संयोजक राजेन्द्र लिङ्देनले प्रतिवेदन तयार पार्दा कुनै पूर्वाग्रह नराखिएको बताउँदै सबै प्रक्रिया पुरा गरिएको जिकिर गरे ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ७ : १८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना