आचरण सुधार गरेमा असल समाज निर्माण हुन्छ : महासचिव पोखरेल « Khabarhub

आचरण सुधार गरेमा असल समाज निर्माण हुन्छ : महासचिव पोखरेल


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

देउखुरी– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मानिसले आचरण सुधार गरेमा असल समाज निर्माण हुने बताएका छन् । 

तुलसीपुर उपमहानगरपालिका–१९ स्थित वडा कार्यालय प्राङ्गणमा स्थापना भएको गौतमबुद्धको प्रतिमा अनावरण गर्दै पोखरेलले समाज बिगार्ने खालका खानपिनलाई बहिष्कार गर्नुपर्ने बताए ।असल बानीले परिवार र समाजलाई असल बनाउँछ । वडा कार्यालयमा बुद्धका दिव्य उपदेशलाई आत्मसात गरेर काम गर्ने अपेक्षा गरेको बताए । 

कार्यक्रममा प्रतिनिधिसभाका पूर्व सदस्य सुजिता शाक्यले गौतमबुद्धका विचार अनुशरण गर्दा नेपाल समाजमा बढ्दो नैराश्यतालाई हटाउन सकिने बताइन् । 

तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले छिल्लीकोटको फेदीमा गौतमबुद्धको प्रतिमा स्थापना गर्दा यस क्षेत्रका पर्यटन क्षेत्रमा नागरिकको आकर्षण बढ्ने बताए  । -रासस

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ७ : ४२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु