आज राति देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना « Khabarhub

आज राति देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज बिहानैदेखि मौसम सफा छ । तर, रातिको समयमा भने देशका अधिकांश भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिम भारतमा बनेको न्यूनचापीय क्षेत्रको असरले आज (शनिबार) रातिदेखि मध्य र पूर्वी नेपालमा पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

पश्चिम भारतमा बनेको न्यूनचापीय क्षेत्रका कारण नेपालमा पानी पार्ने बादलसहितको हावा आउने भन्दै श्रेष्ठले त्यही हावाले नेपालमा पानी पर्ने गरेको बताए । तर गएको बुधबार र बिहीबारको जस्तो लगातार वर्षा भने नहुने उनको अनुमान छ ।

अहिले बिहान भने देशका धेरै ठाउँको मौसम आशिंकदेखि सामान्य बदली छ । अहिले कतै घाम लागेको र कतै बदली भएको मौसमविद् श्रेष्ठले जानकारी दिए ।

यस्तो छ महाशाखाको ३ दिने मौसमको पूर्वानुमान
असोज ०४ गते (शनिबार)

दिउँसो: देशभरी आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

राति: देशका मध्य र पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ।

असोज ०५ गते (आईतबार)

दिउँसो: देशभरी सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राति: देशभरी सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। मध्य तथा पूर्वका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ ।

असोज ०६ गते (सोमबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति: देशभरी सामान्य बदली रहनेछ। केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पूर्वका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ८ : ५५ बजे

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत– राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल असार २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २५ गते बिहीबार सन् २०२६

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी