भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा मारिए बीस नक्सलवादी « Khabarhub

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा मारिए बीस नक्सलवादी


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतीय सुरक्षाकर्मीले २० नक्सलवादीलाई मारेका छन् । नारायणपुर जिल्लको अबुझमाडको जंगलमा सुरक्षाकर्मीले उनीहरुलाई मारेको हो ।

सुरक्षाकर्मीले सबैको शव र हतियार बरामद भएको जनाएको छ । दंतेवाडा, नारायणपुर र बीजापुर जिल्लाको सरहदमा मुठभेड चलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मारिएका नक्सलवादीमा ठूलो कार्यकर्तासमेत भएको जनाइएको छ । पुलिसले पाएको सूचनाअनुसार अबुझमाडको बोटेरमा नक्सलवादीका पोलिटब्युरो सदस्य र नक्सल संगठनका महासचिव बसवा राजु रहेका थिए ।

नक्सलवादीहरु तेलंगाना, ओडिशा, महाराष्ट्र लगायतका राज्यमा सक्रिय छन् । सरकारले उनीहरुमाथि पुरस्कार राशिसमेत राखेको छ ।

पोलिटव्युरोका लागि डेढ करोड भारु मोल राखिएको छ । त्यस्तै केन्द्रीय सदस्यका लागि एक करोड राखिएको छ ।सात दिन पहिले प्रहरीले छत्तीसगढ–तेलंगाना सीमामा ३१ नक्सलवादीलाई मारेको जनाएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  २ : ३० बजे

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको