टेस्ट टोलीमाथि एसोसिएटको सनसनीपूर्ण जित : कुन देश कसरी उदाए ? | Khabarhub Khabarhub

टेस्ट टोलीमाथि एसोसिएटको सनसनीपूर्ण जित : कुन देश कसरी उदाए ?


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

संयुक्त अरब इमिरेट्स (यूएई)ले बङ्गलादेशलाई टी-२० मा हराएर सनसनी मच्चाएको छ। पछिल्लो समय ५० ओभरमा खेलमा युएईको प्रदर्शन कमजोर छ। वर्ल्ड क्रिकेट लिग डिभिजन टु मा यूएई पुछारबाट दोस्रो स्थानमा छ। १६ खेलमा ६ अङ्क मात्र जोड्न सफल भएको छ। यस कारण टी-२० बङ्गलादेश माथिको जितको कारण मात्र यूएईको क्रिकेट माथिल्लो उचाइमा पुगेको भन्न त पक्कै मिल्दैन। तर, के साँचो हो भने विश्व क्रिकेटका केही आश्चर्यजनक र पत्याउन कठिन परिणाम मध्य यो पनि एक हो।

घरेलु भूमिमा भएको टी-२० शृङ्खलामा बङ्गलादेशलाई २-१ ले हराउँदै यूएईले सनसनी मच्चाएको हो। बुधबार राति भएको तेस्रो तथा अन्तिम खेलमा यूएई ७ विकेटले विजयी भएसँगै शृङ्खला नै जितेको हो। १६३ रनको लक्ष्य पछ्याएको यूएईले पाँच बल बाँकी रहँदा तीन विकेटको क्षतिमा १६६ रन बनाएर शृङ्खला हात पारेको हो। एसोसिएट देशले टेस्ट देशको विरुद्धमा शृङ्खला नै जितेर सनसनी फैलाउने पहिलो देश भने अफगानिस्तान हो। सन् २०१३ मा एसोसिएट राष्ट्र बनेको अफगानिस्तानले त्यसको दुई वर्षपछि टेस्ट राष्ट्र जिम्बाबेसँगको एक दिवसीय शृङ्खलामा ३-२ को सफलता पाएको थियो।

बंगलादेशविरुद्धको शृङ्खला जितेपछि यूएई । तस्बिरः क्रिकइन्फो

धेरै यस्ता अप्रत्याशित परिणाम भने टी-२० मा देखिएको छ। संसारलाई नै स्तब्ध पार्ने यसै किसिमको खेल सन् २००९ मा देखिएको थियो। सन् २००९ को टी-२० विश्वकपमा नेदरल्यान्ड्स र इङ्गल्यान्डको खेल अहिलेसम्मकै सम्झन लायक थियो।

रवि वोपरा र लुक राइटले १२ औँ ओभरमा १०२ रनको पहिलो विकेटको साझेदारी गरेको सो खेलमा डच टोली खेलमा फर्कँदै विपक्षी टोलीलाई १६२ रनमा सीमित गरेको थियो। नेदरल्यान्ड्सले २३ रनमा दुई विकेट गुमाए पनि अन्तिम बलसम्म सङ्घर्ष गर्दै सफलता पाएको थियो।

सन् २००९ कै टी-२० विश्वकपमा आयरल्यान्डले बङ्गलादेशलाई हराएको थियो। सो खेलमा ट्रेन्ट जोन्सनले २० रन खर्चेर ३ विकेट लिएका थिए। सन् २०१४ को विश्वकपमा हङकङले बङ्गलादेशलाई २ विकेटले हराएको थियो। सबै भन्दा आश्चर्य त सो प्रतियोगितामा नेपाल र अफगानिस्तानसँग पराजित भएको हङकङले बङ्गलादेशलाई हराउने अनुमान कसैको पनि थिएन। सो खेलमा अफ स्पिनर नदिम अहमदले २१ रन खर्चेर ४ विकेट लिए भने निजामत खानले १९ रन खर्चेर तीन विकेट लिए। सो प्रतियोगितामा नेपालले एक दिन अघि अफगानिस्तानलाई हराएको थियो। हङकङले १४ ओभरमा बंगलादेशविरुद्ध सफलता पाएको भए नेपालले पहिलो चरण पार गर्ने थियो। अन्तिम तीन बलमा एक रन आवश्यकक समयमा असी अमजदले छक्का प्रहार गरे।

सन् २०१४ मा नेदरल्यान्ड्सले नै इङ्गल्यान्डलाई ४५ रनले हराएको थियो। सो खेलमा नेदरल्यान्ड्सले कठिन मैदानमा ५ विकेटको क्षतिमा १३३ रन प्रहार गरेको थियो। मुदासर बुखारीले १२ रन खर्चेर तीन तथा लोगान भान विकले ९ रन खर्चेर तीन विकेट लिएपछि इङ्गल्यान्डका कुनै पनि ब्याट्सम्यानले २० रन कटाउन सकेनन्। तीन जनाले मात्र दोहोरो अङ्क छोए। इङ्लिस टोली १७.४ ओभरमा आउट हुँदै ८८ रनमा सीमित भएको थियो।
सन् २०१६ मा नै अफगानिस्तानले वेस्ट इन्डिजलाई ६ रनले हराएको थियो। त्यसअघि नै अफगानिस्तान इङ्गल्यान्ड जितको नजिक पुगेर पनि पराजयको सामना गरेको थियो। त्यस समय यता अफगानिस्तानले क्रिकेटमा पछाडि फर्कनु परेको छैन।

करिब एक दशकपछि आइपुग्दा अफगानिस्तान माथिल्लो कोटीको टोलीमा पर्ने गरेको छ। अहिले भने अफगानिस्तानले जुनसुकै टोलीसँग पाएको जितलाई पनि सामान्य ठान्न थालिएको छ। त्यसो त सन् १९९६ मा श्रीलङ्काले विश्वकप नै जितेको थियो। त्यसको दुई दशकपछि हेर्ने हो भने श्रीलङ्काको जितलाई पनि पण्डितहरूको हेराइमा अप्रत्याशित जितको सूचीमा नै राखेका थिए।

सन् १९७९ को दोस्रो विश्वकपमा श्रीलङ्काले भारतलाई ४७ रनले हराएको थियो। विश्व क्रिकेटमा तत्कालीन समयमा यसलाई आश्चर्य जनक परिणामको रूपमा व्याख्या गरिएको थियो।

६० ओभरको खेलमा श्रीलङ्काले ५ विकेटको क्षतिमा २३८ रन प्रहार गरेको थियो। कुनै समयमा ११९ रनमा दुई विकेट मात्र गुमाएको भारतले १९१ रनमा सम्पूर्ण विकेट गुमाएको हो। विश्वकपमा एसोसिएट देशले टेस्ट राष्ट्रलाई हराएको त्यो पहिले पटक थियो। त्यसको तीन वर्षपछि श्रीलङ्काले टेस्ट राष्ट्रको मान्यता पाएको हो।

सन् १९८३ को विश्वकपमा डुनकन फ्लेटचर प्रभावित जिम्बाबेले एलन बोर्डर लगायत स्टार खेलाडी रहेको अस्ट्रेलियालाई १३ रनले हराएर सनसनी फैलाएको थियो। सो खेलमा जिम्बाबेले ६ विकेटको क्षतिमा २३९ रन बनाएको थियो। ९४ रनमा पाँचौँ विकेट गुमाइसकेको जिम्बाबेका लागि फ्लेटचरले अर्धशतक प्रहार गर्दै पारी उकासेका थिए।

त्यसको जवाफमा अस्ट्रेलियाले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेपछि जिततर्फ अग्रसर भएको थियो। सो खेलमा फ्लेटचरले चार विकेट लिँदै जिम्बाबेलाई जित दिलाए। विश्वकप इतिहासमा नै त्यो नै अविस्मरणीय अलराउण्ड प्रदर्शन हो।

सन् १९९२ मा जिम्बाबेले इङ्गल्यान्डलाई ९ रनले हराएको थियो। सो प्रतियोगितामा पहिलो चरणमा राउन्ड रोबिनको आधारमा खेल भएको थियो। शीर्ष चार सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको खेलको सुरुवाती सात खेलमा पराजयको सामना गरेको जिम्बाबेले आठौँ खेलमा इङ्गल्यान्डसँग खेलेको थियो। इङ्गल्यान्ड भने सेमिफाइनल प्रवेश गरी सकेको थियो।

इङ्गल्यान्डसँगको खेलमा जिम्बाबे १३४ रनमा सीमित भएको थियो। सो टोलीका एडो ब्रान्डेडले पारीको पहिलो बलमा नै ग्राहम गुचलाई आउट गरे। ४३ रनमा पाँच विकेट गुमाएको इङ्गल्यान्ड खेलमा फर्कन नसकेर पराजयको सामना गर्न बाध्य भएको थियो। ब्रान्डेडले चार मेडन ओभर सहित २१ रन खर्चेर चार विकेट लिए। त्यसको केही महिनापछि नै जिम्बाबे टेस्ट राष्ट्रको मान्यता पाएको थियो।

सन् १९९६ मा केन्याले वेस्ट इन्डिजलाई ७३ रनको फराकिलो अन्तरले हराएको थियो। माउरिस ओडुम्बुले १५ रन खर्चेर तीन तथा रजब अलीले पनि १७ रन खर्चेर तीन विकेट लिए। वेस्ट इन्डियन टोली ९३ रनमा सीमित भयो। केन्याले सन् २००३ को विश्वकपमा पनि सानदार प्रदर्शन गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। तथापि टेस्ट मान्यता भने पाएन।

सन् १९९९ को विश्वकपमा बङ्गलादेशले पाकिस्तानलाई हराएको थियो। पहिलो विश्वकप खेलीरहेको बङ्गलादेशले ९ विकेटको क्षतिमा २२३ रनले हराएको थियो।

पाकिस्तानका सक्लिन मुस्ताकले पाँच विकेट लिएका थिए। बङ्गलादेशका खालेद महमुदले ४२ रन खर्चेर पाँच विकेट लिए। पाकिस्तान १६१ रनमा सीमित भयो। त्यसको अर्को वर्ष बङ्गलादेशले टेस्ट मान्यता पायो।

विश्वकपमा यो सफलता पाउने धेरै देशले टेस्ट मान्यता पाएका छन्। पछिल्लो समय अन्य देशले पनि यो सफलता पाएका छन्। अभ्यास खेलमा त यस्ता उदाहरण धेरै हुन सक्छन्। तथापि अहिले बङ्गलादेश माथिल्लो दर्जाको टोली हो। साथै स्थिर प्रदर्शन गर्ने टोली हो। तसर्थ युएईको पछिल्लो समयको खेलले सो टिमलाई आसन्न खेलका लागि समेत पक्कै आत्मबल प्रदान गर्ने छ। साथै उकालो यात्राको टर्निङ प्वाइन्ट बन्न सक्छ या सक्दैन त्यो त भविष्यकै कुरा हो।
स्रोत : क्रिकइन्फो, इमर्जिङ क्रिकेट, इन्डियन एक्सप्रेस

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ६ : ५६ बजे

कर्णाली स्वास्थ्य विज्ञान र सुष्मा कोइरालाबीच जलन उपचारसम्बन्धी समझदारी

जुम्ला– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुष्मा कोइराला स्मृति

एमालेका गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादीमा प्रवेश

बागलुङ- नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’

सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने

काठमाडौं– सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको

लेखा समिति सभापति पोखरेल र सदस्य मोदीबीच बैठकमा भनाभन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेल र