बजेटमा जनतालाई करको भार नपार्न आग्रह  | Khabarhub Khabarhub

बजेटमा जनतालाई करको भार नपार्न आग्रह 


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आगामी बजेट निर्माणमा जनतालाई अनावश्यक करको भार पर्ने कार्य नगर्न सरकारसँग आग्रह गरेका छन् ।

संघीय संसद भवनमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले विगतमा पनि सरकारले जनतालाई राज्यद्वारा उपलब्ध गराइने सेवा सुविधालाई सरल र सहज तुल्याउन ध्यान नदिएको आरोप लगाउँदै उनले जनतामा करको भार वृद्धि हुँदा मुलुकमा उत्पादन, व्यापार र व्यवसाय सुस्ताउने बताए ।

उनले भने, ‘पछिल्ला वर्षहरूमा जनताले निरन्तर भन्दै आएका छन्, हामीलाई करको भार बढ्यो । करका कारण दैनिक उपभोग्यलगायतका हरेक चीजवस्तु महँगो भयो ।’

मुलुकको आम्दानीको ठूलो स्रोत वन, जलस्रोतलगायतको सही उपयोग गर्न सुझाव दिँदै उनले ती वस्तुको संरक्षणका लागि गरिएको लगानीअनुरूप राज्यले लाभ लिन नसकिरहेको बताए ।

राज्यले चलाउन नसकेको उद्योगधन्दा एउटा व्यक्तिविशेषले कसरी चलाउन सक्छ भनी प्रश्न गर्दै अध्यक्ष साहले देशको अर्थतन्त्र जोगाउन, रोजगारी सिर्जना गर्न विद्यमान कर प्रणालीको पुनरावलोकन जरूरी रहेको विचार व्यक्त गरे ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ६ : ५५ बजे

‘जलजला’ को सन्दर्भ : बृहत्तर बौद्ध पुरातात्विक सहर

जलजला उपन्यासमा लेखिएको छ ‘जलजलालाई खोज्ने क्रममा आफ्नै साथी विद्या

पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण स्थानान्तरणको मारमा परेको प्याराग्लाइडिङ व्यवसाय

१० महिनामा साढे तीन करोडको दाँत कोट्याउने सिन्का आयात

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको १० महिनामा साढे तीन करोड

राजस्थान पुगेर मोदीले भने- भारतीय सेनाको कारबाहीले पाकिस्तान घुँडा टेक्न बाध्य भयो

जयपुर- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राजस्थानको बीकानेरमा आयोजित एक

जनशक्ति अभाव हुँदा गुठी संस्थानको सेवा प्रवाहमा समस्या

काठमाडौं– गुठी संस्थानमा स्वीकृत जनशक्तिको आधाभन्दा कम कर्मचारी कार्यरत हुँदा सेवा