भारतीय दूतावासका एक कर्मचारीलाई देश छाड्न पाकिस्तानको आदेश « Khabarhub

भारतीय दूतावासका एक कर्मचारीलाई देश छाड्न पाकिस्तानको आदेश


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- भारत र पाकिस्तानबीच तनाव जारी छ। पछिल्लो पटक पाकिस्तानले इस्लामाबादस्थित भारतीय दूतावासका एक कर्मचारीलाई देश छाड्न आदेश दिएको छ।

सम्बन्धित भारतीय कर्मचारीलाई २४ घण्टाभित्र पाकिस्तान छाड्न भनिएको छ। पाकिस्तानको विदेश मन्त्रालयले भारतीय दूतावासका प्रमुखलाई बोलाएर उनीहरूलाई उक्त निर्णयको जानकारी दिएको हो ।

भारतीय कर्मचारीमाथि यस्तो गतिविधिमा संलग्न भएको आरोप लागेको छ, जुन पाकिस्तानमा उनको आधिकारिक हैसियतअनुसार उचित छैन । उनलाई २४ घण्टाभित्र पाकिस्तान छाड्न भनिएको छ ।

यसअघि २१ मे मा भारत सरकारले पाकिस्तान दूतावासका अर्का एक अधिकारीलाई ‘अवाञ्छित व्यक्ति’ घोषणा गरेको थियो ।

भारतको विदेश मन्त्रालयले पाकिस्तान दूतावासलाई भारतमा कुनै पनि पाकिस्तानी कूटनीतिज्ञ वा अधिकारीले आफ्नो विशेषाधिकार र हैसियतको दुरुपयोग नगरोस् भन्ने सुनिश्चित गर्न भनिएको जनाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  १ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै