अभागी ओनाना : जसले तीन युरोपियन फाइनल प्रतियोगितामा हार व्यहोरे « Khabarhub

अभागी ओनाना : जसले तीन युरोपियन फाइनल प्रतियोगितामा हार व्यहोरे


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यामरुनका गोलकिपर आन्द्रे ओनाना फेरि एक पटक अभागी सावित भएका छन् ।

सन् २०२२/२३ को सिजनमा इटालियन क्लब इटरमिलानबाट खेलेका उनी बुधबार राति टोटनह्यमविरुद्ध खेल्दा पनि अभागी सावित भए ।

उनले तीनवटा फाइनलमा हारेपछि युरोपियन फुटबलको इतिहासमा अनौठो कीर्तिमान बनाएका छन् ।

उनी तीनवटा फरक क्लबहरूका लागि युरोपियन प्रतियोगिताको फाइनल खेल हार्ने अभागी किपर बन्न पुगेका छन् ।

आन्द्रे ओनानाको पहिलो युरोपियन फाइनल सन् २०१७ मा डच क्लब अयाक्सका लागि थियो । त्यस सिजनमा अयाक्स युवा प्रतिभाले भरिएको सशक्त टोली थियो ।

त्यसबेला युरोपा लिगको फाइनलमा प्रवेश गरेको आयक्सा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड सँग २–० ले पराजित हुन बाध्य भयो । पहिलो युरोपियन फाइनलमा ओनाले निराशा भोग्नुपर्‍यो ।

त्यसपछि उनले सन् २०२२/२३ को सिजनमा इन्टरमिलानबाट खेल्दा पनि हार भोग्न बाध्य भए । आयक्सामा फाइनल हारपछि ओनाना इटालियन क्लब इन्टर मिलानमा गएका थिए ।

सन् २०२२–२३ सिजनमा शानदार प्रदर्शन गर्दै इन्टरमिलान च्याम्पियन्स लिगको फाइनलसम्म पुगेको थियो ।

तर फाइनलमा इङ्लिस क्लब म्यानचेस्टर सिटीसँग १–० को नमिठो पराज्य भोग्न बाध्य भए ओनाना । इन्टरलाई हराउँदै सिटीले पहिलो च्याम्पियन्स लिग उपाधि पनि चुमेको थियो । उता ओनानाका लागि त्यो खेल दोस्रो फाइनल हारका रुपमा दर्ज भयो ।

त्यसपछि सन् २०२३/२४ को सिजनमा ओनाना इन्टरमिलानबाट म्यानचेस्टर युनाइटेड आए । तर जारी सिजनको युरोपियन फाइनलमा पनि ओनानाले हार भोगे ।

ओनानाले बुधबार राति भएको युरोपा लिगको फाइनल पनि हार्न बाध्य भए । अर्को इङ्लिस टोली टोटनह्यामविरुद्ध युरोपा लिगको फाइनलमा म्यानचेस्टर युनाइटेड १-० ले पराजित भयो ।

यो पराजयका कारण म्यानचेस्टर युनाइटेड र ओनाना अर्को सिजन कुनै पनि युरोपियन प्रतियोगितामा देखिने छैनन् ।

यी तीनै फाइनलमा ओनानाले व्यक्तिगत रुपमा गतिलो प्रदर्शन गरे । तर उनका टोली उपाधि जित्न असफल रहे । ‘ओनानाको यात्रा प्रेरणादायी भए पनि यथार्थमा उनी युरोपियन फाइनलको ‘अभागी नायक’ बन्दै गएका छन्’, फुटबल पण्डितहरूले यसरी टिप्पणी गरे ।

जारी सन् २०२४/२५ को सिजनमा म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा रेलिगेशनभन्दा केहीमाथि १६ औँ स्थानमा छ । यदि युरोपा लिगको उपाधि जितेको भए उसले अर्को सिजन युरोपेली फुटबलमा उपस्थिति देखाउन पाउँथ्यो ।

तर युरोपाको फाइनल गुमाउनु र प्रिमियर लिगमा पनि रेलिगेशनभन्दा केही माथि हुँदा युनाइटेडको निराशाजक अवस्था छ ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ३ : ३७ बजे

हाफ–म्याराथनमा रोबोटले तोड्यो मानव कीर्तिमान

बेइजिङ- चीनको तीव्र गतिमा अघि बढिरहेको प्रविधि विकासलाई झल्काउने घटनामा

उपसभापति भुसालको नेतृत्वमा कांग्रेसले गठन गरेको संविधान संशोधन सुझाव समितिलाई पूर्णता

काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधनका लागि सुझाव संकलन गर्न गठित

एसियनको बिस्कुटमा रौं भेटिएपछि २ लाख जरिवाना 

काठमाडौं- सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरीले उत्पादन गरेको

धुम्बाराहीमा जुट्यो बिलखबन्दमा परेको देउवा समूह (तस्बिरहरू)

काठमाडौं- सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पक्षमा अन्तिम

देउवा समूह छाडेका धनराज भन्छन् : कांग्रेसलाई एक बनाउन गगनलाई सभापति मान्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सर्वोच्च अदालतको अन्तिम निर्णयसँगै नयाँ