गायक जस्टिन बीबरले श्रीमती हेलीसँग किन मागे माफी ? « Khabarhub

गायक जस्टिन बीबरले श्रीमती हेलीसँग किन मागे माफी ?


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी पप गायक जस्टिन बिबरले आफ्नी श्रीमती हेली बिबरसँग सार्वजनिक रुपमा माफी मागेका छन् ।

उनले सामाजिक सञ्जालमा मागेको माफीलाई फ्यानहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।

जस्टिनको माफी २०२५ को संस्करणको ‘भोग’ म्यागजिनसँग सम्बन्धित छ । जुन मे २० मा सार्वजनकि भएको थियो । त्यसमा हेलीको तस्बिर समावेश छ ।

यही विषयले जस्टिन सार्वजनिक रुपमा माफी माग्न बाध्य भएका हुन् ।

जस्टिनले माफी मागेको पोस्टबाट थाहा हुन्छ कि- उनले श्रीमतीलाई उनले ठूलो झगडामा भनेका थिए- ‘कहिल्यै तिम्रो तस्बिर भोग म्यागजिनमा आउँदैन’ ।

श्रीमतीको तस्बिर म्यागजिनमा छापिनुलाई उनले खुसीका रुपमा लिएका छन् । अनि विगतको आफ्नो तितो बचनप्रति पछुतो मानेका छन् ।

उनले लेखेका छन्, ‘म बुझ्छु, त्यो निकै नै निर्दयी कुरा थियो । त्यसबेला मैले अपमानजनक टिप्पणी गरेको थिएँ ।’

सोही पोस्टमा उनले हेलीप्रति प्रेम पनि दर्शाएका छन् । उनले लेखेका छन्, ‘मैले जीवनमा धेरै मूर्खतापूर्ण कामहरू गरेको छु । तर, सबैभन्दा स्मार्ट निर्णय भनेको हेलीसँग विवाह गर्नु हो।’

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ७ : १५ बजे

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही – एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी

दार्चुलामा आइतबार बिहानै भूकम्प

बैतडी- दार्चुलामा भूकम्प भएको छ। उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु

हुल बाँधेर अस्पतालमा बिरामी भेट्न जानु कति उचित ?

बिरामी भएर अस्पताल भर्ना भएका परिवार, इष्टमित्र वा साथी भाइ

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत आयोजना सञ्चालन

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा