युरोसिया मुलुकको बैठकमा सहभागी हुन सभामुख महरा कजाकस्तान प्रस्थान « Khabarhub

युरोसिया मुलुकको बैठकमा सहभागी हुन सभामुख महरा कजाकस्तान प्रस्थान


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख कृष्णबहादुर महरा कजाकस्तान प्रस्थान गरेका छन् । महरा युरोसियन मुलुकका सभामुखहरुको बैठकमा भाग लिन आज कजाकस्तान प्रस्थान गरेका हुन् ।

महरा ६ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै कजाकस्तानतर्फ प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ ।

यहीँ सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठकमा सभामुख महरा नेतृत्वको प्रतिनिधि मण्डल सहभागी हुनेछ ।

प्रतिनिधि मण्डलमा प्रतिनिधि सभाका सदस्य मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि, संघीय संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक बसन्तराज सिग्देल र सभामुखका स्वकीयसचिव डोरबहादुर पुन छन्।

कजाकस्तानको अस्तानामा हुने उक्त बैठकमा कजाकस्तानका लागि नेपाली महावाणिज्यदूत बरुण चौधरी र प्रतिनिधि सभा सदस्य विनोद चौधरी पनि सहभागी हुनेछन् ।

बैठकमा सभामुख महराले नेपालको तर्फबाट सम्बोधन गर्नेछन्।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  १२ : १५ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको