मलेसियामा हत्या अभियोग लागेका २ नेपाली हिरासत मुक्त « Khabarhub

मलेसियामा हत्या अभियोग लागेका २ नेपाली हिरासत मुक्त


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर- मलेसियामा सुपरभाइजरलाई कुटेर हत्या भएको घटनमा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुई नेपाली प्रहरी हिरासतबाट मुक्त भएका छन् ।

उनीहरुलाई अदालतको आदेशमा छोडिएको हो । शुक्रवार पेतालिङजया मजिष्ट्रेट कोर्टको आदेशमा रिहा भएका उनीहरुलाई शुक्रवार नै नेपाल पठाइएको छ ।

यो मुद्दामा नेपाली कामदारको पक्षबाट लडेकी अधिवक्ता खारेन जित कौरका अनुसार सुरक्षा गार्डका रुपमा कार्यरत ती दुई नेपालीलाई चिनियाँ सुपरभाइजरलाई कुटेर हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।

समयमा तलव नपाएको भन्दै मोटरसाइकल चालकले लगाउने हेल्मेटले सुपरभाइजरलाई कुटेको भिडियो यसअघि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

घटना क्वालालम्पुरस्थित रिगाल सेक्यूरिटी कम्पनीमा गत २ सेप्टेम्वरमा भएको थियो । सो घटनामा कुटपीटका कारण सुपरभाइजर एक चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

सो घटनामा ती नेपाली संलग्न नभई एक भारतीय नागरिक सन्तोष सिंह संलग्न रहेको अदालतमा पुष्टि भएको अधिवक्ता खारेनले जानकारी दिइन् ।

मलेसियामा हत्या अभियोग प्रमाणित भएमा मृत्युदण्डको सजाय हुन्छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  १२ : २७ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले