मार्सको शतकमा लखनउले शीर्ष स्थानको गुजरातलाई हरायो « Khabarhub

मार्सको शतकमा लखनउले शीर्ष स्थानको गुजरातलाई हरायो


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मिचेल मार्सको शतकको मद्दतमा लखनउ सुपर जायन्ट्सले गुजरात टाइटानलाई ३३ रनले हराएको छ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत प्ले अफ प्रवेश गर्ने टोलीको यस अघि नै टुंगो लागिसकेको छ। गएरातिको खेल क्वालिफायर १ मा प्रवेशका लागि गुजरातका लागि महत्त्वपूर्ण थियो। पराजयका बाबजुद गुजरात १८ अङ्क सहित तालिकाको शीर्ष स्थानमा छ। लखनउ भने यस अघि नै आईपीएलबाट बाहिरिएको छ।

लखनउ १२ अङ्क सहित छैटौँ स्थानमा छ। गुजरातले अन्तिम खेल चेन्नाई सुपर किङसँग खेल्ने छ। दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर बंगलोरु र तेस्रो स्थानको पन्जाब किङ्सको १७ अङ्क छ। दुवैले गुजरातले भन्दा एक खेल कम खेलेका छन्।

बिहीबारको खेलमा २३६ रनको लक्ष्य पछ्याएको गुजरातले ९ विकेटको क्षतिमा २०२ रन मात्र जोड्न सकेको हो। गुजरातका साहरुख खानले २९ बलमा ५७ रनको योगदान गरे। सेरफाने रुदरफोर्डले ३८ तथा जोस बटलरले ३३ रन जोडे। साइ सुदर्शनले २१ तथा कप्तान शुभमन गिलले ३५ रन बनाए।

लखनउका विल ओ रुकेले चार ओभरमा २७ रन खर्चेर तीन विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले दुई विकेटको क्षतिमा २३५ रन बनाए। लखनउका लागि मार्सले ६४ बलमा ११७ रन प्रहार गरे भने निकोलास पूरणले २७ बलमा ५६ रन जोडे।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ५ : ५१ बजे

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच

कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क रहन निर्देशन

महेन्द्रनगर- भारी वर्षाको पूर्वानुमानपछि कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा

अविरल वर्षाले चोभार गल्छीमा पानीको बहाव बढ्यो

काठमाडौं– काठमाडौं उपत्यकामा अविरल वर्षा भएपछि बागमती, विष्णुमतीलगायत विभिन्न खोला

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

चितवन– बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका सातै पालिकाले आज

पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सर्वाधिक २०५.२ मिलिमिटर वर्षा

काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पाल्पाको अर्चलेमा वर्षा