पूर्वीनाकाबाट चार करोड ६० लाखको खरबुजा भित्रियो | Khabarhub Khabarhub

पूर्वीनाकाबाट चार करोड ६० लाखको खरबुजा भित्रियो


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१–८२ को १० महिनामा चार करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाट आयात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार यस अवधिमा १७ लाख ६५ हजार ९० केजी खरबुजा नेपाली बजारमा भित्रिएको छ ।

गर्मीमा शीतल प्रदान गर्ने स्वादिष्ट फलका रूपमा खरबुजा बजारमा लोकप्रिय छ । स्थानीयले व्यावसायिक रूपमा खरबुजाखेती गर्दै आए पनि भारतबाट आयातित खरबुजाको ठूलो मात्राले स्वदेशी उत्पादनलाई ओझेलमा पार्दै आएको छ ।

विगत १० महिनामा सबैभन्दा बढी चैतमा एक करोड ३३ लाख सात हजार मूल्य बराबरको पाँच लाख १० हजार २३० केजी खरबुजा भारतबाट आयात भएको छ ।

भन्सारले जनाएअनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ६० लाख ५० हजार मूल्य बराबरको दुई लाख ३० हजार ८५० केजी, भदौमा ४८ लाख ९८ हजार मूल्य बराबरको एक लाख ८६ हजार १४० केजी, असोजमा ३७ लाख २९ हजार मूल्य बराबरको एक लाख ४१ हजार ४५० केजी, कात्तिकमा २१ लाख ३७ हजार मूल्य बराबरको ८१ हजार २४० केजी, मङ्सिरमा १४ लाख ६६ हजार मूल्य बराबरको ५५ हजार ७८० केजी र पुसमा १२ लाख ४२ हजार मूल्य बराबरको ४७ हजार २६० केजी खरबुजा भारतबाट काँकडभिट्टा हुँदै नेपाली बजारमा भित्रिएको छ ।

त्यसैगरी, माघमा २२ लाख ३२ हजार मूल्य बराबरको ८५ हजार ७१० केजी, फागुनमा ४४ लाख ८८ हजार मूल्य बराबरको एक लाख ७३ हजार ७८९ केजी, चैतमा एक करोड ३३ लाख सात हजार मूल्य बराबरको पाँच लाख १० हजार २३० केजी र वैशाखमा ६५ लाख ८६ हजार मूल्य बराबरको दुई लाख ५२ हजार ६५० केजी खरबुजा आयात भएको पाइएको छ ।

विगत केही वर्षदेखि झापामा व्यावसायिक खरबुजाखेती हुने गरेको छ । तर, नेपाली उत्पादनले भारतबाट आयातित खरबुजासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेर बिक्रीमा समस्या भइरहेको मेचीनगर–१५ स्थित नेपाली बाबु स्मार्ट कृषि फार्मका सञ्चालक लीला खनालले बताए ।

खनालले साझेदारहरूसँग मिलेर भाडामा लिएको १३ बिघा जग्गामा खरबुजाखेती गर्दै आएका छन् । गत वर्ष उक्त फार्ममा ३५० मेट्रिक टन खरबुजा उत्पादन भएको थियो । (रासस)

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ८ : ११ बजे

किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरी नियन्त्रणमा

दार्चुला – महालेखापरीक्षकको कार्यालयअन्तर्गत लेखा परीक्षणका लागि सञ्चालन गरिएको नेपाल

जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग प्रचण्डको भेटघाट

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को मध्यपहाडी पुष्पलाल लोकमार्ग

आईपीएल : २३३ रनको लक्ष्य पछ्याउँदै आरसीबी

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत अहिले जारी खेलमा

तिनाउमा डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला

पाल्पा – पाल्पाको तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय नागरिक

सर्वोच्चले भन्यो : न्यायाधीशमाथि लाञ्छनापूर्ण र अशोभनीय टीका टिप्पणी नगर्नू

काठमाडौं – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि