चौदण्डीगढी नगरपालिका सार्वजनिक गर्‍यो मध्यावधि कार्य प्रगति प्रतिवेदन « Khabarhub

चौदण्डीगढी नगरपालिका सार्वजनिक गर्‍यो मध्यावधि कार्य प्रगति प्रतिवेदन


९ जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उदयपुर जिल्लाका आठ पालिका मध्ये पहिलो पटक चौदण्डीगढी नगरपालिकाले आफ्नो मध्यावधि कार्य प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।  

शुक्रबार नगरपालिकाले आफ्नै सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै मध्यावधि कार्य प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन सार्वजनिक गर्दै नगर प्रमुख कालुमान लामाले आफ्नो नेतृत्वमा बनेको स्थानीय सरकारले नगर भित्र विशेष गरी शिक्षा र स्वास्थ्यमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताए ।

नगर प्रमुख लामाले शिक्षा क्षेत्रमा रहेको बेथितिको अन्त्य गर्दै दरबन्दी मिलान देखी केही विद्यालयका तह घटुवा र केही विद्यालयलाई मर्ज समेत गरेर शिक्षामा परिवर्तनको प्रयास गरेको बताए । 

भूमिहीन, दलित र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न सम्पूर्ण ऐलानी जग्गा नापीको कार्य तीव्र रूपमा बढाउनुका साथै यस समस्याको दीर्घकालीन समाधानका लागि स्थानीय भूमि सम्बन्धी समिति गरेर भूमि भोगाधिकार प्रमाणपत्र वितरणको तयारी गरिएको उनले बताए । 

चौदण्डीगढी नगरपालिकाले २०७९ को स्थानीय तहको निर्वाचन पश्चात् १५ किलोमिटर सडक कालोपत्र सम्पन्न गरेको छ भने ३ किलोमिटर निर्माणाधीन रहेको जनाएको छ । 

१० वटा वडा रहेको चौदण्डीगढी नगरपालिका भित्र २५ किलोमिटर नयाँ सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको र आफ्नो कार्यकालको मध्यावधि सम्म आइपुग्दा ८० किलोमिटर सडक ग्राभेल सम्पन्न गरेको नगर प्रमुख लामाको भनाई छ ।

नगर प्रमुख लामाले आफू निर्वाचित भएर आउँदा झन्डै ६ करोड घाटा बजेट रहेकोमा उक्त घाटा बजेट समेत मिलान गरिएको बताए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  ६ : १६ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच