चौदण्डीगढी नगरपालिका सार्वजनिक गर्‍यो मध्यावधि कार्य प्रगति प्रतिवेदन « Khabarhub

चौदण्डीगढी नगरपालिका सार्वजनिक गर्‍यो मध्यावधि कार्य प्रगति प्रतिवेदन


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उदयपुर जिल्लाका आठ पालिका मध्ये पहिलो पटक चौदण्डीगढी नगरपालिकाले आफ्नो मध्यावधि कार्य प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।  

शुक्रबार नगरपालिकाले आफ्नै सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै मध्यावधि कार्य प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन सार्वजनिक गर्दै नगर प्रमुख कालुमान लामाले आफ्नो नेतृत्वमा बनेको स्थानीय सरकारले नगर भित्र विशेष गरी शिक्षा र स्वास्थ्यमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताए ।

नगर प्रमुख लामाले शिक्षा क्षेत्रमा रहेको बेथितिको अन्त्य गर्दै दरबन्दी मिलान देखी केही विद्यालयका तह घटुवा र केही विद्यालयलाई मर्ज समेत गरेर शिक्षामा परिवर्तनको प्रयास गरेको बताए । 

भूमिहीन, दलित र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न सम्पूर्ण ऐलानी जग्गा नापीको कार्य तीव्र रूपमा बढाउनुका साथै यस समस्याको दीर्घकालीन समाधानका लागि स्थानीय भूमि सम्बन्धी समिति गरेर भूमि भोगाधिकार प्रमाणपत्र वितरणको तयारी गरिएको उनले बताए । 

चौदण्डीगढी नगरपालिकाले २०७९ को स्थानीय तहको निर्वाचन पश्चात् १५ किलोमिटर सडक कालोपत्र सम्पन्न गरेको छ भने ३ किलोमिटर निर्माणाधीन रहेको जनाएको छ । 

१० वटा वडा रहेको चौदण्डीगढी नगरपालिका भित्र २५ किलोमिटर नयाँ सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको र आफ्नो कार्यकालको मध्यावधि सम्म आइपुग्दा ८० किलोमिटर सडक ग्राभेल सम्पन्न गरेको नगर प्रमुख लामाको भनाई छ ।

नगर प्रमुख लामाले आफू निर्वाचित भएर आउँदा झन्डै ६ करोड घाटा बजेट रहेकोमा उक्त घाटा बजेट समेत मिलान गरिएको बताए ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ६ : १६ बजे

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि