भारतीय ‘बाइकट’ अभियानले टर्किस अर्थतन्त्रमा असर पर्ने चेतावनी « Khabarhub

भारतीय ‘बाइकट’ अभियानले टर्किस अर्थतन्त्रमा असर पर्ने चेतावनी


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा टर्किस सामानको बाइकट अभियान चलिरहेको छ । हालै भारतले पाकिस्तानी भूमिमा रहेका आतंककारी पूर्वाधारलाई लक्षित गरी सञ्चालन गरेको अपरेशन सिन्दुरका क्रममा टर्कीले पाकिस्तानको समर्थन गरेको थियो ।

अपरेशन सिन्दुरका क्रममा टर्कीले पाकिस्तानलाई ३ सय ५० भन्दा धेरै ड्रोन प्रदान गरेको आशंका गरिएको छ । त्यसबाहेक टर्कीले पाकिस्तानमा केही सैनिक सल्लाहकारलाई पनि परिचालन गरेको थियो ।

यससँगै भारतमा टर्कीको चर्को आलोचना भइरहेको छ । यसैअनुसार भारतीय नागरिक र व्यवसायिक संस्थाहरुले टर्किस सामानको बाइकट गर्ने अभियान सञ्चालन गरिरहेका छन् ।

भारतमा चलिरहेको यस अभियानले उसैपनि कमजोर अवस्थामा रहेको टर्कीको अर्थतन्त्रमा थप असर पर्ने जानकारहरु बताउँछन् । हाल टर्कीमा मुद्रास्फीति उच्च छ भने टर्किस लिराको मूल्यमा पनि उच्च गिरावट आएको छ ।

भारतमा टर्किस सामान तथा सेवाको बाइकट गर्ने अभियान चलिरहँदा भविष्यमा टर्की र भारतको आर्थिक सम्बन्धमा असर पर्ने त्यसको सबैभन्दा ठूलो घाटा टर्कीलाई पर्न जाने विश्लेषकहरु बताउँछन् । टर्की भ्रमणमा जाने भारतीय पर्यटकको संख्यामा उसैपनि उल्लेख्य गिरावट आएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार टर्की जाने भारतीय पर्यटकको संख्या ६० प्रतिशतले घटेको छ । सन् २०२४ मा भारतबाट टर्की जाने पर्यटकको संख्या ३ लाख ३० हजार थियो ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ५ : २७ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग