भारतीय ‘बाइकट’ अभियानले टर्किस अर्थतन्त्रमा असर पर्ने चेतावनी « Khabarhub

भारतीय ‘बाइकट’ अभियानले टर्किस अर्थतन्त्रमा असर पर्ने चेतावनी


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा टर्किस सामानको बाइकट अभियान चलिरहेको छ । हालै भारतले पाकिस्तानी भूमिमा रहेका आतंककारी पूर्वाधारलाई लक्षित गरी सञ्चालन गरेको अपरेशन सिन्दुरका क्रममा टर्कीले पाकिस्तानको समर्थन गरेको थियो ।

अपरेशन सिन्दुरका क्रममा टर्कीले पाकिस्तानलाई ३ सय ५० भन्दा धेरै ड्रोन प्रदान गरेको आशंका गरिएको छ । त्यसबाहेक टर्कीले पाकिस्तानमा केही सैनिक सल्लाहकारलाई पनि परिचालन गरेको थियो ।

यससँगै भारतमा टर्कीको चर्को आलोचना भइरहेको छ । यसैअनुसार भारतीय नागरिक र व्यवसायिक संस्थाहरुले टर्किस सामानको बाइकट गर्ने अभियान सञ्चालन गरिरहेका छन् ।

भारतमा चलिरहेको यस अभियानले उसैपनि कमजोर अवस्थामा रहेको टर्कीको अर्थतन्त्रमा थप असर पर्ने जानकारहरु बताउँछन् । हाल टर्कीमा मुद्रास्फीति उच्च छ भने टर्किस लिराको मूल्यमा पनि उच्च गिरावट आएको छ ।

भारतमा टर्किस सामान तथा सेवाको बाइकट गर्ने अभियान चलिरहँदा भविष्यमा टर्की र भारतको आर्थिक सम्बन्धमा असर पर्ने त्यसको सबैभन्दा ठूलो घाटा टर्कीलाई पर्न जाने विश्लेषकहरु बताउँछन् । टर्की भ्रमणमा जाने भारतीय पर्यटकको संख्यामा उसैपनि उल्लेख्य गिरावट आएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार टर्की जाने भारतीय पर्यटकको संख्या ६० प्रतिशतले घटेको छ । सन् २०२४ मा भारतबाट टर्की जाने पर्यटकको संख्या ३ लाख ३० हजार थियो ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ५ : २७ बजे

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको