जनताले रोजगारी र सुशासन चाहेका छन्ः महासचिव भुसाल « Khabarhub

जनताले रोजगारी र सुशासन चाहेका छन्ः महासचिव भुसाल


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले जनताले रोजगारी र सुशासन चाहेको बताएका छन।

समाजवादी प्रेस सङ्गठन डडेल्धुद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली जनताको प्रमुख आवश्यकता सुशासन र रोजगारी रहेको बताएका हुन् ।

महासचिव भुसालले मुलुकको समसामयिक राजनीतिक अवस्था र सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै जनताले देखिनेगरी परिवर्तनको अनुभूति गर्न नपाएको धारणा राखे ।

“जनताको चासो सत्ता र सत्ताको भागबन्डामा होइन, रोजगार र न्यायमा छ”, उनले भने, “राजनीति जनमुखी हुनुपर्छ, जनताको आवश्यकता र आकाङ्क्षालाई केन्द्रमा राखेर काम गर्नुपर्छ तर त्यसो हुनसकेको छैन ।”

महासचिव भुसालले रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुधार र जवाफदेहिता कायम गर्नुपर्नेमा जोड दिँदै सरकारलाई नीतिगत सुधार र कार्यान्वयनमा ध्यान दिन आग्रहसमेत गरे ।

उनले देशमा देखिएको राजनीतिक अस्थिरता र कुशासनले आमजनताको जीवन प्रभावित बनाएको भन्दै यसबाट बाहिर निस्कन सबै राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  १० : १३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै