म्याग्दीको बेनी खानेपानी आयोजनाको क्षमता विस्तार « Khabarhub

म्याग्दीको बेनी खानेपानी आयोजनाको क्षमता विस्तार


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी वितरण हुँदै आएको आयोजनाको क्षमता विस्तारसँगै जल शुद्धीकरण गर्ने संरचना निर्माण भएको छ ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले दुई करोड ४६ लाखको लागतमा बराहपाखोमा पानी शुद्धीकरण गर्ने नौ लाख लिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण गरेको हो ।

बेनी खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष रमेश गिरीका अनुसार मुहानबाट ल्याएको पानीलाई दुई चरणमा शुद्धीकरण गरेर उपभोक्तालाई आपूर्ति गरिने छ । पाइपलाइनबाट ल्याइने पानीलाई तीन लाख ५० हजार लिटर क्षमताका ‘सेडिमेन्टेसन’ ट्याङ्कीमा सङ्कलन गरिने ।

२०६३ सालमा नगर विकास कोषबाट ऋण लिएर आयोजना निर्माण गरिएको थियो । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामार्फत बेनी नगरपालिका वडा नम्बर २ हाँडेभिर, वडा नम्बर ७ र ८ बेनीबजारका एक हजार २१६ घरका २५ हजार जनसङ्ख्याका लागि खानेपानी वितरण हुँदै आएको छ ।

बेनीमा जनघनत्वसँगै खानेपानीको माग बढेकाले आपूर्तिलाई सहज बनाउन क्षमता विस्तार गरिएको हो ।

अन्नपूर्ण गाउँपालिका–८ मा रहेको रिठ्ठाखर्क, डाँडाखर्क र बेनी नगरपालिका–३ कोप्रे खोलाको मुहानबाट प्रतिसेकेण्ड २४ लिटर खानेपानी आपूर्ति गरेर वितरण हुँदै आएको छ ।

बेनीको मङ्गलाघाटस्थित म्यादी नदीको किनारबाट पानी लिफ्ट गर्ने वैकल्पिक संरचना पनि रहेको छ ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ८ : ३२ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन