‘सनअफ सरदार’ का भिलेन मुकुल देवको बिमार राखियो गोप्य ! को थिए उनी ? | Khabarhub Khabarhub

‘सनअफ सरदार’ का भिलेन मुकुल देवको बिमार राखियो गोप्य ! को थिए उनी ?


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित भारतीय कलाकार मुकुल देवको ५४ वर्षको उमेर निधन भएको छ । नयाँ दिल्लीस्थित एक अस्पतालमा गत शुक्रबार उनले प्राण त्यागेका हुन् ।

केही समयअघि स्वास्थ्य अवस्था बिग्रिएपछि उनी अस्पताल भर्ना भएका थिए । आईसीयूमा रहेर उपचार गराउने क्रममा उनको निधन भएको भारतीय मिडिया बलिउड टाइम्सले उल्लेख गरेको छ ।

मुकुलको परिवारले उनको मृत्युको कारक रहेको बिमार गोप्य राखेको छ । अस्पतालले पनि यसबारेमा कुनै धारणा सार्वजनिक गरेको छैन ।

को थिए मुकुल ?

मुकुल देव दिल्लीको एक पञ्जाबी परिवारमा जन्मिएका थिए । उनका बुवा हरि देव कौशल दिल्ली प्रहरीका सहायक प्रहरी आयुक्त थिए । उनका दाइ राहुल देव हुन् । राहुल बलिउडका चर्चित र व्यस्त खलनायक हुन् ।

मुकुलले सन् १९९६ मा टीभी सिरिज ‘मुमकिन’ बाट अभिनय यात्राको सुरुवात गरेका थिए । सोही वर्ष निर्देशक महेश भट्टको फिल्म ‘दस्तक’ मा अभियन गर्दै उनले ठूलो पर्दामा डेब्यू गरेका थिए । उनले हिन्दी, पञ्जाबी, साउथ इन्डियन फिल्महरूमा र सिरिजमा अभियन गरेका छन् । नायकका रूपमा फिल्ममा डेब्यू गरेका उनी पछिल्लो समय खलपात्रका रूपमा बढी चर्चित थिए ।

पाइलट बन्न मुकुलले इन्दिरा गान्धी एरोनटिक्स संस्थानबाट उड्डयनको अध्ययन गरेका थिए । तर, पढाइअनुसारको पेसा गरेनन् ।

अभिनयमा लागेर उनले आफूलाई स्थापित कलाकारका रूपमा उभ्याउन सफल भए । उनका चर्चित फिल्महरु ‘सनअफ सरदार’, ‘आर. राजकुमार’, ‘जय हो’ लगायत छन् ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ५ : ५९ बजे

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले

बेनी–दरवाङ सडक खुल्यो

म्याग्दी – धवलागिरी, मालिका र मङ्गला गाउँपालिकालाई म्याग्दीको सदरमुकाम बेनीसँग

सैन्य उपकरण उत्पादनमा सहकार्य गर्नेबारे भारत र साउदी अरबबीच छलफल

काठमाडौं– रक्षा तथा रणनीतिक साझेदारी बढ्दै गइरहेका बेला भारत र

काठमाडौँ महानगरबाट २०४ जनालाई लक्षित वर्ग निःशुल्क उपचार

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको लक्षित वर्ग निःशुल्क उपचारबाट

मधेशबाट ‘बलियो’ भएर फर्किइन् विद्या, सक्रियता बढाउँदा ओलीमाथि थप दबाब

काठमाडौँ– नेकपा एमालेको विधान महाधिवेशन नजिकिएका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी