‘कान्स’मा आलियाको पहिरनको चर्चा « Khabarhub

‘कान्स’मा आलियाको पहिरनको चर्चा


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायिका आलिया भट्ट यस संस्करणको कान्स फिल्म फेस्टिभलमा सहभागी भएकी थिइन् ।

सामाजिक सञ्जालमा उनले कान्समा सहभागी हुँदा लगाएको पहिरनले चर्चा पाएको छ । मे २४ मा समापन समारोहमा लगाएको सारीले उनी चर्चामा आएकी हुन् ।

कान्सको कार्यक्रममा आलिया दुई पटक देखिएकी थिइन् । उनी पहिलो पटक गाउन र दोस्रो पटक सारीमा पुगेकी थिइन् ।

उनको सारीले सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान खिचेको हो । उनले लगाएको यो साडीलाई फेसन समीक्षकहरुले प्रशंसा गरेका छन् ।

समीक्षकहरुले कान्सको रेड कार्पेटमा सारी ट्रेन्ड बढ्दै गएको अवस्थामा आलियाको उपस्थिति अझ विशेष बनेको बताएका हुन् ।

आलियाले लगाएको साडी महँगो ब्रान्ड गुच्चीले पहिलो पटक बनाएको हो । आलिया कान्समा जाने भएकाले गुच्चीले आफ्नो ब्रान्ड एम्बेस्डरका लागि उक्त सारी डिजाइन गरेको थियो ।

आलियाले लगाएको नेट सारीमा स्वारोवस्की क्रिस्टल जडित थियो ।

फेस्टिभलको पहिलो दिन आलियाले सफ्ट बेज पिङ्क रङको प्रिन्सेस लुकमा गाउन लगाएर सबैको ध्यान खिचेकी थिइन् ।
कान्समा उनको उपस्थितले विश्व समुदायको ध्यान खिच्न सफल भएको छ ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ६ : ५० बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या