अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री अभाव « Khabarhub

अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री अभाव


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री अभाव देखिएको छ ।

सहायक सामग्री अभावमा अपाङ्गता भएका व्यक्तिहरूलाई हिँड्डुल गर्न समस्या भएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासङ्घको समन्वयमा आइतबार आयोजित स्थानीय तह, अपाङ्गता भएका व्यक्तिहरूका संस्था र नागरिक समाजका प्रतिनिधिहरूलाई अपाङ्गता समावेशी विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीले सहायक सामग्री अभाव हुँदा कष्ट सहनुपरेको गुनासो गरे ।

अपाङ्ग एकता समाज नेपालका अध्यक्ष हरिदत्त भट्टले नौ वर्षअघि दातृ निकायले उपलब्ध गराएका ह्विलचेयर, ट्राइसाइकललगायत सहायक सामग्री बिग्रिएर कामै नलाग्ने भएको गुनासो गरे ।

नगरपालिकाले केही अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचेयरलगायत सहायक सामग्री उपलब्ध गराए पनि टिकाउ नभएको उनको भनाइ छ ।

स्थानीय तहमा सर्वदलीय संयन्त्र हुँदा अपाङ्गता भएका व्यक्तिहरूका लागि केही बजेट विनियोजन हुने गरेको स्मरण गर्दै जनप्रतिनिधि आएपछि बजेट विनियोजन रोकिएको बताए । ‘स्थानीय तहले समानुपातिक तरिकाले बजेट विनियोजन गर्नु पर्दथ्यो, त्यो हुन सकेको छैन’, उनले भने, ‘हामीमाथि विभेद छ ।’

स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिहरूका लागि गठन हुने समितिको कार्यदलमा सदस्य भए पनि पटकपटक अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री, आयआर्जन, सीपमूलक कार्यक्रमका लागि तीन–तीन पटक प्रस्ताव लगेर दर्ता गर्दा सुनवाइ हुन नसकेको उनको भनाइ छ ।

उनीहरूलाई आवश्यकता आधारमा सेतो छडी, वैशाखी, लठ्ठी, कम्मरमा बाँध्ने पेटी, क्यालिफर, कुहिनो मुनीको हात, घुँडा मुनीको कृत्रिम खुट्टा, ह्विल चियर, ट्राइसाइकल, विशेष जुत्तालगायत सामग्रीको व्यवस्था गरिदिन उनले आग्रह गरे ।

अपाङ्गता भएका व्यक्तिहरूका पक्षमा वकालत गर्दै आएका कालीप्रसाद चौधरीले मापदण्ड अनुरूपका अपाङ्गमैत्री सरकारी संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिलाई सेवा लिन सङ्घर्ष गर्नुपरेको बताए ।

अपाङ्गता भएका छात्रछात्रालाई विशेष छात्रवृत्तिको व्यवस्थासँगै सार्वजनिक यातायातका साधनमा छुटको व्यवस्था गरिनुपर्ने भए पनि त्यो हालसम्म कार्यान्वयन नभएको चौधरीले बताए । नगर उपप्रमुख कल्पनाकुमारी जोशी पन्तले नगरपालिकाको नयाँ बन्ने भौतिक संरचनालाई अपाङ्गमैत्री बनाउन लागिएको जानकारी दिइन् ।

शुक्लाफाँटा नगरपालिकाको कूल जनसङ्ख्या ५३ हजार नौ सय ६९ मध्ये अपाङ्गता भएका व्यक्तिहरूको सङ्ख्या एक हजार पाँच सय ११ रहेको छ । (रासस)

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १० : ३५ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले