अझै बनेन कर्णाली अस्पतालमा दुई महिनादेखि बिग्रिएको सिटी स्क्यान मेसिन « Khabarhub

अझै बनेन कर्णाली अस्पतालमा दुई महिनादेखि बिग्रिएको सिटी स्क्यान मेसिन


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश अस्पतालमा सिटी स्क्यान मेसिन बिग्रिएको दुई महिनाभन्दा पुगेको छ । गत चैत्र ८ गते बिग्रिएको सिटी स्क्यान मेसिन अस्पतालले चासो नदिँदा बनाउनमा ढिलाइ भएको हो ।

दुई महिनादेखि सिटी स्क्यान नबन्दा बिरामीले निजी अस्पतालमै पुगेर सेवा लिन बाध्य भएका छन् ।

प्रदेशकै ठूलो सरकारी अस्पतालमा सिटी स्क्यान मेसिन नहुँदा बिरामी निजी अस्पताल जान बाध्य छन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा सिटी स्क्यान मेसिन कर्णाली केयर र देउती अस्पतालमा रहेका छन् । 

सरकारी अस्पतालमा सिटी क्यान गर्दा कम लागत लाग्ने भए पनि निजी अस्पतालमा सिटी स्क्यान गर्दा महँगो लागत तिर्नुपर्ने बाध्यता रहेको छ ।

अस्पतालको सिटी स्क्यान मेसिन बनाउनका लागि ठेकेदार कम्पनीले चीनबाट सामान मगाएको र आउने शुक्रबारबाट सञ्चालनमा आउने प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले बताए । 

‘विदेशबाट सामान मगाउनु परेकाले केही ढिलाइ भएको हो,’ उनले भने,‘चीनबाट सामान आइसकेको छ । शुक्रबारबाट सञ्चालनमा आउँछ ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १२ : २५ बजे

ट्रम्प र सीबीच आज भेटवार्ता हुँदै : के छन् एजेन्डा ?

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

इन्टर मिलानलाई इटालियन कपको उपाधि

काठमाडौँ – लिग च्याम्पियन इन्टर मिलानले बुधबार लाजियोलाई २–० ले

विराट कोहलीको शतक : कोलकातालाई हराउँदै आरसिबी आइपिएलको शीर्ष स्थानमा

रायपुर – विराट कोहलीको अविजित शतकीय इनिङ्सको मद्दतले रोयल च्यालेन्जर्स

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८३ साल वैशाख ३१ गते बिहीबार ।